कुलिङ पिरियडमा भएको कमजोरीको नैतिक जिम्मेवारी लिन्छु : खतिवडा | ईमाउण्टेन समाचार

Our Network

भदौ १७ २०८३, बिहीबार

कुलिङ पिरियडमा भएको कमजोरीको नैतिक जिम्मेवारी लिन्छु : खतिवडा

काठमाडौँ  । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा समावेश कुलिङ पिरियडमा देखिएको कमजोरीको नैतिक जिम्मेवारी आफूले लिने बताएका छन् ।
मंगलबार समिति बैठकमा माओवादी सांसदद्वय माधव सापकोटा र कल्पना मियाँले समितिले पास गरेको प्रतिवेदनमा ‘बाहेक’ शब्द कसरी थपियो भन्ने विषयमा जवाफ मागेपछि खतिवडाले भएको कमजोरीको नैतिक जिम्मेवारी दिने बताएका हुन् ।‘जनप्रतिनिधिको बदनाम गर्ने काम भएको छ,’ सभापति खतिवडाले भने, ‘कहाँ कमजोरी भएको हो, छानबिन गर्छौँ । मेरो कमजोरी देखिए म कारबाही भोग्छु । जसको कमजोरी देखिन्छ, त्यसले कारबाही भोग्नुपर्छ । उम्किन पाइन्न ।उनले अब छानबिन गरेर यो विषयको टुङ्गो नलागेसम्म समितिको बैठक पनि नबस्ने बताए।

 

Leave a Reply

ताजा समाचार