२०८२,२,१४
प्रधानमन्त्री केपी शर्मा ओली आज काभ्रेपलाञ्चोकको धुलिखेल जाँदैहुुनुुहुन्छ । धुलिखेल अस्पतालको ट्रमा तथा आकस्मिक सेवा भवनको शिलान्यास गर्न उहाँ त्यहाँ जान लाग्नुुभएको प्रधानमन्त्री सचिवालयले जनाएको छ । ट्रमा एण्ड इमर्जेन्सी सेन्टर परियोजना नेपाल सरकारको पहलमा धुलिखेल अस्पताल र जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी जाईका बीचको समझदारी पत्र अन्तर्गत जापान सरकारको सहयोगमा शुरु गरिएको हो । धुलिखेल अस्पताल ट्रमा एण्ड इमर्जेन्सी सेन्टर आन्तरिक अनुदानको सुधार परियोजनाका लागि जापान सरकारले थप ५७ करोड ३० लाख येन अनुदान दिने सम्झौता भईसकेको छ।




