२०८२,२,३
आज ३२औं मदन–आश्रित स्मृति दिवस, नेकपा एमाले र एमालेका भातृ सङ्घ सङ्गठनले विभिन्न कार्यक्रमको आयोजना गर्दैछन् ।२०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा जीप दुर्घटना परी नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी तथा सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो । रहस्यमय मानिने यो दुर्घटनाबारे अहिलेसम्म भएका छानबिनले कुनै तथ्य निकाल्न सकेका छैनन् । दुर्घटनाका एकमात्र साक्षी तथा भण्डारी र आश्रित चढेको जीपका चालक अमर लामाको समेत हत्या भएपछि यो घटना झनै रहस्यमय बन्यो ।
कम्युनिष्टहरु नागरिकबाट चुनिएर मात्र सत्तामा पुग्नुपर्छ भन्ने मान्यता राख्ने भण्डारीले नागरिकको बहुदलीय जनवाद जबजको विकास गर्नुभएको थियो ।प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन–आश्रितको स्मरण गर्दै जबजले लोकतान्त्रिक परिवर्तनलाई सफल बनाएको उल्लेख गर्नुभएको छ ।सामाजिक सञ्जालमा उहाँले मदन–आश्रितप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहाँहरुका विचार र मार्गदर्शन सधैँ प्रेरणा बन्ने बताउनुभएको छ ।




