२०८१,१२,१८
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आक्रोश व्यक्त गर्नुभएको छ । युद्धविरामका लागि प्रयास गरेको एक हप्तापछि एक समाचार संस्थासँगको अन्तरवार्तामा ट्रम्पले रुसले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको विश्व नियतमा अनावश्यक प्रश्न उठाउने काम मात्र गरेकाले समस्या आएको भन्दै आक्रोशित हुनुभएको हो ।
उहाँले रुस युद्ध विरामका लागि सहमत नभए त्यहाँबाट आउने तेलमा ५० प्रतिशत करको निर्णय गर्ने चेतावनीसमेत दिनुभएको बीबीसीले जनाएको छ ।रुसका कारण युक्रेनमा पूर्ण रुपमा युद्धविराम नभए अमेरिकाले रुसमा माथिल्लो तहको प्रतिबन्ध लगाउन सक्ने ट्रम्पको भनाइ छ ।अमेरिकी राष्ट्रपतिको पदमा निर्वाचित भएदेखि नै युद्धविरामको प्रयासमा लाग्नुभएको ट्रम्पले पहिलो पटक रुसलाई चेतावनी दिनुभएको खबरमा उल्लेख छ ।
यसअघि युक्रेनलाई दबाब दिँदै आउनुभएको ट्रम्पलाई कतिपयले रुसप्रति लचिलो भएको आरोप लगाएका थिए ।