आर्थिक विकासका लागि सहयोग गर्न भारत तयार : सुष्मा स्वराज | ईमाउण्टेन समाचार

Our Network

साउन ९ २०८३, आइतबार

आर्थिक विकासका लागि सहयोग गर्न भारत तयार : सुष्मा स्वराज

susma sssssss

काठमाडौं, १९ माघ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपालमा राजनीतिक स्थायित्व र विकास नै भारतको चाहना भएको बताएकी छन । आकस्मिकरुपमा नेपाल भ्रमणमा आएकी भारतीय विदेशमन्त्री स्वराजले भावी प्रधानमन्त्रीका रुपमा हेरिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तामा नेपालमा आर्थिक विकासका लागि सहयोग गर्न भारत तयार रहेको बताइन ।

उनले नेपालमा विकसित राजनीतिक घटनाक्रमबारे आफूहरु जानकार रहेको भन्दै निर्वाचनबाट एमालेलाई सबैभन्दा ठूलो दल बनाएकामा ओलीलाई वधाइ दिइन । ओलीसँगको ४५ मिनेट लामो वार्ताका क्रममा स्वराजले भारत नेपालसँग सहकार्य गर्न तयार रहेको बताइन । नेपालको संविधानलाई लिएर भारतले असन्तुष्टी जनाउँदै नाकाबन्दी गरेपछि ओली र भारतको सम्बन्धमा चिसोपना देखिएको थियो ।

दुई वर्षअघिदेखिको त्यहि चिसोपना कम गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रुपमा विहिबार अपरान्ह काठमाडौं आएकी विदेशमन्त्री स्वराजले एमाले अध्यक्ष ओलीसँग पौने घण्टा वान टु वान वार्ता गरी नेपालले अब विकासको गति लिने र त्यसमा सहयोग गर्न भारत तयार रहेको बताएकी हुन ।जवाफमा एमाले अध्यक्ष ओलीले पनि छिमेकीसँग मिलेर काम गर्न आफू इच्छुक रहेको बताए । ओलीले भारतसँग घनिष्ट सम्बन्ध राखेर काम गर्न आफू तयार रहेको बताएको एमाले नेताहरुले बताएका छन् ।

वान टु वान वार्ता लगत्तै स्वराजले एमाले नेताहरुसँग सामूहिक वार्ता गरेकी थिइन । एमालेले सामूहिक वार्तापछि स्वराजको सम्मानमा रात्रीभोज आयोजना गरेको थियो ।एमालेको रात्रिभोजमा सहभागी हुनु पहिले स्वराजले मधेशवादी दलका नेताहरुसँग पनि भेटवार्ता गरेकी थिइन थियो । भारतीय विदेश मन्त्रालयले एमालेको नेतृत्वसँग दुई देशबीचको विशेष सम्बन्ध अघि बढाउनेबारे विस्तृत कुराकानी भएको बताएको छ । भारतीय विदेशमन्त्री स्वराजले आज राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

ताजा समाचार