२०८१,१२,६
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानअनुसार कुनै पनि पार्टीको बहुमत आउन धेरै गाह्रो रहेको बताएका छन्। बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन्। संविधानअनुसार कुनै पनि पार्टीको बहुमत आउन गाह्रो भएकाले अर्को पार्टीसँग मिल्नुपर्ने अवस्था रहेको बताए। यसमा पार्टीको दोष नभई संविधान नै त्यस किसिमको रहेको बताए। यसलाई बुझेर कांग्रेसले बहुमत ल्याउने प्रयास गर्न जरुरी रहेको बताएका छन ।
उनले अहिलेको संविधान धेरै राम्रो रहेको बताएका हुुन । उनले समावेशी, समानुपातिकताका आधारमा बनेको संविधान भएकाले यसलाई बचाइराख्नुपर्ने बताएका छन। सभापति देउवाले नेपालको गाउँपालिकाहरूमा प्रमुख वा उपप्रमुखमध्ये एकमा महिला अनिवार्य नै भएको बताए। महिलालाई प्रत्यक्ष राजकीय प्रशासनमा प्रत्यक्ष सहभागी हुने मौका प्राप्त भइरहेको बताएका हुुन।
महिलाले अधिकारका लागि मात्रै नभई जिम्मेवारीसाथ काम गर्नुपर्ने बताएका छन ।