सेतो मच्छिन्द्रनाथका लागि भारतद्वारा २४ किलोग्राम चाँदी हस्तान्तरण | ईमाउण्टेन समाचार

Our Network

असोज २५ २०८३, सोमबार

सेतो मच्छिन्द्रनाथका लागि भारतद्वारा २४ किलोग्राम चाँदी हस्तान्तरण

२०८१,१२,६
काठमाण्डौको जनबहालमा रहेको सेतो मच्छिन्द्रनाथको मन्दिरका लागि भारत सरकारले २४ किलोग्राम चाँदी हस्तान्तरण गरेको छ । आज बिहान भारतको तर्फबाट नेपालमा रहेको भारतीय दूतावासले २४ किलोग्राम चाँदी हस्तान्तरण गरेको हो ।

२०७२ सालमा भूकम्पले क्षति पुर्‍याएको सेतो मच्छिन्द्रनाथको मन्दिर पुरातत्त्व विभागबाट स्वीकृति भएर भारत सरकारको सहयोगमा निर्माण भइरहेको छ । मन्दिर पुनर्निर्माणको काम २०७७ साल माघ २९ गतेदेखि भइरहेको छ । अहिलेसम्मको मन्दिरको भौतिक प्रगति ७५ प्रतिशत रहेको र वित्तीय प्रगति ४२ प्रतिशत रहेको छ । तत्कालीन समयमा लागत अनुमान गर्दा चाँदीको आसनलगायतका कार्यहरू समावेश नभएकाले चाँदीको आसन राख्नका लागि २ सय ४ किलोग्राम चाँदी दानबाट सङ्कलन भएको हो ।

चाँदीका लागि भारत सरकारबाट ३९ लाख १० हजार रुपैयाँ बराबरको रकम स्वीकृत भएको थियो । अब चाँदीको आसनको बुट्टा कुँदेर मन्दिरमा राख्ने प्रक्रिया अघि बढाइने मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

Leave a Reply