जटिलता फुकाउन संविधान संशोधन, प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

माघ १६ २०८१, बुधवार

जटिलता फुकाउन संविधान संशोधन, प्रधानमन्त्री ओली

२०८१,१०,१६

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनका सन्दर्भमा आइपरेका समस्या समाधानका लागि संविधान संशोधन हुने बताएका छन्। आज सिंहदरबारस्थित शहीदहरूको शालिकमा माल्यार्पण गर्दै उनले संविधान कार्यान्वयनमा आएका जटिलता फुकाउन संविधान संशोधन हुने बताएका हुन्। उनले अब लोकतान्त्रिक प्रणालीमा देश आइसकेको भन्दै नेपाललाई शान्तिपूर्ण, सुशासनयुक्त, भ्रष्टाचारमुक्त नेपाल, समृद्धितर्फ अघि बढेको, विकासको बाटोमा अघि बढेर समृद्धि हासिल गर्न संकल्पित रहेको नेपाल र सुखी नेपाली भएको नेपालको गन्तव्यतर्फ लैजान सरकारले काम गरिरहेको बताए।

देशमा कानूनी राज्य स्थापनाका लागि सरकारले काम गरिरहेको बताए। प्रधानमन्त्री ओलीले लोकतन्त्रका नाममा अराजकता फैलाउने, जनतालाई विभाजित गर्ने, साम्प्रदायिक विद्वेष फैलाउने, देशलाई एकताबद्ध हुन नदिने कुरा स्वीकार्य नभएको बताए। विकास, शान्ति सुव्यवस्था, राष्ट्रिय एकताबद्ध राष्ट्रनिर्माण गर्ने अभियानमा लाग्ने कुरामा अहिलेको सरकारले काम गरिरहेको बताए।

प्रधानमन्त्री ओलीले नेपाल र नेपाली जनतालाई कुनै दुःख नहुने गरी काम गरिरहेको बताए। उनले लोकतन्त्र एनार्किजम नभएको भन्दै लोकतन्त्र विकसित, व्यवस्थित, सभ्य र सुशासनयुक्त प्रणाली भएको बताए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);