प्रधानमन्त्री ओलीले दिए ट्रम्पलाई बधाइ | ईमाउण्टेन समाचार

Our Network

असोज २९ २०८३, शुक्रबार

प्रधानमन्त्री ओलीले दिए ट्रम्पलाई बधाइ

२०८१,१०,८

प्रधानमन्त्री केपी शर्मा ओलीले डोनाल्ड ट्रम्पलाई अमेरिकाको ४७औं राष्ट्रपति पद सम्हालेकोमा बधाइ दिएका छन्। उनले सोमबार राति ट्विटरमार्फत ट्रम्पलाई सफल कार्यकालका लागि शुभकामना दिए। प्रधानमन्त्री ओलीले नेपाल र अमेरिकाबीच ७५ वर्षभन्दा लामो मैत्रीपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै दुई देशको साझेदारीलाई अझ सुदृढ बनाउन आफू तत्पर रहेको जनाए।

उनले लेखेका छन्, ‘नेपाल र अमेरिकाबीच ७५ वर्षभन्दा लामो मैत्रीपूर्ण सम्बन्ध रहेको छ। हाम्रो साझेदारीलाई अझ सुदृढ बनाउन म प्रतीक्षारत छु।’
ट्विट मार्फत ओलीले ट्रम्पको सफल कार्यकालका लागि शुभेच्छा प्रकट गर्दै दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरे।

Leave a Reply

ताजा समाचार