३०३ औँ पृथ्वीजयन्ती मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

पुष २७ २०८१, शनिबार

३०३ औँ पृथ्वीजयन्ती मनाइँदै

२०८१,९,२७

आज पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ .
वि।सं।१७७९ पुस २७ गते गोरखामा पृथ्वीनारायण शाहको जन्म भएको थियो । वि।सं।१७९९ चैत २५ गते पृथ्वीनारायण राजा हुनुभएको थियो । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो ।
पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उहाँ सफल हुनुभएको थियो ।
पृथ्वीनारायणको शेषपछि उहाँका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ ।

पृथ्वीनारायण शाहले वि।सं।१८०१ मा नुवाकोट विजय गर्नुभएको थियो । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाण्डौ उपत्यका विजय हासिल गर्नुभएको थियो ।
नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाउनुभएको थियो । उहाँका दिव्योपदेश अहिले पनि उतिकै सान्दर्भिक छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);