पृथ्वी जयन्ती र विसे नगर्चीका सन्तान | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

पृथ्वी जयन्ती र विसे नगर्चीका सन्तान

काठमाडौं, २७ पुस ||
आज ३०२ औँ पृथ्वी जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस । मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाईएको छ । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पु¥याउनुभएको योगदानको स्मरण गर्दै कार्यक्रम गरि उहाँप्रति श्रद्धासुमन अर्पण गरिएको छ । राष्ट्रनिर्माता पृथ्वीनारायणलाई सम्झँदा बिर्सन नहुने नाम बिसे नगर्चीको हो । अरुले बिर्से पनि बिसे नगर्चीका सन्ततीले सम्झिएका छन् । त्यो पनि फरक तरिकाले । गोरखाको माझकोट नजिकै बस्दै आएका नगर्ची परिवारका सदस्यहरुले चन्द्रागीरी डाँडामा दमाह सहनाइका साथ सम्झिए । पृथ्वीनारायणका सारथी बिसे नगर्चीका सन्ततिले परम्परागत बाजा बजाउदै सम्मान व्यक्त गरेका हुन् ।
बिसे नगर्चीले पृथ्वीनारायणलाई बौद्धिक, आर्थिक र सैन्य कर्मद्वारा सहयोग गरेका थिए । त्यस समयमा सल्लाह लिन पृथ्वीनारायण शाह आफैँ बिसे नगर्चीकहाँ पुगेको इतिहास पाईन्छ । गोरखाबाट आउनुभएकी बिसेका सन्तति तिल कुमारीले बिसे नगर्चीको योगदानको कदर हुन नसकेको गुनासो गर्नुभयो । उहाँले बिसेको सन्तानको खोजी गर्दै सम्मान सहायता उपलब्ध गराउन आग्रह गर्नुभयो । पृथ्वीनारायण शाहको शालिकसँगै बिसे नगर्चीको शालिक राखेर सम्मान गर्न आग्रह गर्नुभयो ।
बिसे नगर्चीका नाममा संग्रहालय बनाउनुपर्ने बताउँदै यसका लागि सरोकारबालादेखि सबै पक्षसँग आग्रह गर्नुभयो । कार्यक्रममा शिवशंकर परियार, यादव परियार,पूर्णबहादुर परियार राजु परियार काठमाडांै आउनुभएको थियो ।
बिसे नगर्चीले एक रुपैँया निकालेर पृथ्वीनारायणतिर अर्पण गर्दै गोरखा राज्यको १२ हजार घरधुरीबाट १–१ रूपैया उठाउने जुक्ति बताएको इतिहासमा उल्लेख छ । त्यतिबेला गोरखाको वार्षिक आय ६ देखि ८ हजारसम्म इतिहासमा उल्लेख छ । सोही संकलित रकमबाट बनारसबाट हात–हतियार किनी ल्याएको इतिहासमा छ । युद्धका समयमा सैनिकलाई आवश्यक पर्ने कपडा, युद्ध विजयपछि बजाउने बाजामा नगर्ची परिवारको योगदान रहेको थियो ।
चन्द्रागिरी डाँडाबाट नै नेपाल एकीकरण कर्ता पृथ्वीनारायण शाहले विशाल नेपाल बनाउने कल्पना गर्नुभएको इतिहास छ । पृथ्वीजयन्तीको दिन चन्द्रागिरीमा उहाँप्रति श्रद्धासुमन अर्पण गर्न आम सर्वसाधारणहरुको उल्लेख्य उपस्थिति रहेको छ । चन्द्रागिरी डाँडामा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण र उहाँप्रति श्रद्धाभाव प्रकट गर्न बिहानैबाट सर्वसाधारणहरु चन्द्रागिरी पुगेका थिए ।
यस्तै पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न पुग्नुभएका इतिहासविद् ज्ञानमणि नेपालले तथ्यहरुको आधारमा भन्दा पनि अफवाहका आधारमा इतिहासको व्याख्या हुने गरेको भन्दै राष्ट्रनिर्माताप्रति राज्यले न्याय गर्न नसकेको बताउनु भयो । कीर्तिपुरका नागरिकको नाक काटिएको विषय पनि वास्तविकता भन्दा फरक तरिकाले व्याख्या गरेको टिप्पणी गर्नुभयो । गोरखा माझकोटमा वि सं १७७९ पौष २७ गते जन्मिएका पृथ्वीनारायण शाहले नेपाल उपत्यकालाई वि सं १८२६ मा पूर्णरुपले जितेपछि आधुनिक नेपालको जग बसेको मानिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);