सर्लाहीमा मापसे चेक गर्दा वडाध्यक्षकै नेतृत्वमा जुलुस , प्रहरीले चलायो पाँच राउन्ड गोली | ईमाउण्टेन समाचार

Our Network

पुष २१ २०८१, आइतबार

सर्लाहीमा मापसे चेक गर्दा वडाध्यक्षकै नेतृत्वमा जुलुस , प्रहरीले चलायो पाँच राउन्ड गोली

पौष २१ आइतबार
सर्लाहीमा गएराति स्थानीय र प्रहरीबीच झडप हुँदा प्रहरीले पाँच राउन्ड गोली चलाएको छ । सर्लाहीको रमानगर वडा नम्बर ५ बैजनाथमा प्रहरीले मापसे चेक गरिरहेको थियो ।मापसेमा परेका युवाहरूले झगडा गर्न थालेपछि डाध्यक्ष श्रीनन्दन यादवको नेतृत्वमा १५० जनाको टोली चौकी घेराउका लागि आइपुगेका थिए ।

इलाका प्रहरी कार्यालय गडहिया डुमरिया सर्लाहीका प्रमुख प्रहरी निरीक्षक उज्ववल कार्कीको कमान्डमा मापसे चेकिङ भइरहेको थियो ।प्रहरीका अनुसार वडाध्यक्ष श्रीनन्दन राय पनि मादक पदार्थ सेवन गरेर आएका थिए ।

१५० जनाको टोलीले प्रहरीको गाडीमाथि आक्रमण गर्न थालेपछि पाँच राउन्ड गोली चलाइएको प्रहरीले जनाएको छ । घटनामा केही स्थानीयसहित एकजना प्रहरी घाइते भएका छन् । प्रहरी हवल्दार शैलेन्द्र राय यादवको टाउकोमा चोट लागेको छ । उनलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);