नवनियुक्त पाँच राजदूतले राष्ट्रपतिबाट लिए शपथ | ईमाउण्टेन समाचार

Our Network

पुष १७ २०८१, बुधवार

नवनियुक्त पाँच राजदूतले राष्ट्रपतिबाट लिए शपथ

२०८१,९,१७

राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न मुलुकका लागि नवनियुक्त राजदूतहरुलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रमबीच राष्ट्रपति पौडेलले गणतन्त्र पोर्चुगल, मलेलिया, गणतन्त्र दक्षिण अफ्रिका, बेल्जियम अधिराज्य, डेनमार्कका लागि नवनियुक्त राजदूतहरूलाई शपथ गराएका हुन्।

राजदूतहरू प्रकाशमणि पौडेल गणतन्त्र पोर्चुगल, डा नेत्रप्रसाद तिम्सिना मलेसिया, प्राडा कपिलमान श्रेष्ठ गणतन्त्र दक्षिण अफ्रिका, सेवा लम्साल बेल्जियम अधिराज्य र सुम्निमा तुलाधरले डेनमार्कका लागि राष्ट्रपति पौडेलसँग पद तथा गोपनीयताको शपथ लिएका हुन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);