ओलीले सदस्यता नै खाइदिएपछि बाध्य भएँ,भीम रावल | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८३, शनिबार

ओलीले सदस्यता नै खाइदिएपछि बाध्य भएँ,भीम रावल

२०८१,९,१७

नेता भीम रावलले केपी ओलीले आफ्नो नेकपा एमालेको सदस्यता खोसेर खाइदिएपछि आफू नयाँ बाटो मोड्न बाध्य भएको बताएका छन्।एमालेले पार्टी सदस्यता खोसेपछि आफ्नो राजनीतिक यात्रा र थप समीक्षाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले ओलीलाई यस्तो आरोप लगाएका हुन्।

‘निरंकुश र अन्यायपूर्ण ढंगले सदस्यता नै खाएपछि पार्टीको कर्मठ सदस्यको रुपमा जीवनपर्यन्त रहिरहने मेरो अवस्था रहेन। त्यसैले आज देश र जनताको हितको लागि नयाँ विकल्पमा हिँड्न बाध्य भएँ’ रावलले भने।साथै नेता रावलले केपी ओली सत्ता र पद हत्याउने होडको कारणले ठूला दलहरु सिद्धान्तहीन, गन्तव्यहीन बाटोमा लागेको आरोप लगाए।

२०७८ सालमा दशौँ महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका रावल त्यसपछि पार्टीमा निष्क्रिय जस्तै रहेका थिए।

Leave a Reply

ताजा समाचार