माओवादी सांसदले राहत कोषमा १० दिनको पारिश्रमिक दिने | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

माओवादी सांसदले राहत कोषमा १० दिनको पारिश्रमिक दिने

२०८१,०६,१४
नेकपा माओवादी केन्द्रले बाढी पहिरो पीडितका लागि केन्द्रीय राहत कोष स्थापना गरेको छ । पार्टीको बैंक खातामा रकम जम्मा गर्न सकिने गरी केन्द्रीय राहत कोष स्थापना गरिएको माओवादीले जनाएको छ ।पदाधिकारी बैठकको निर्णयानुसार राहतकोष स्थापना गरेर माओवादी केन्द्रले माताहतका कमिटीलाई राहत जम्मा गर्न परिपत्र पनि गरिसकेको छ । केन्द्रीय राहतकोषमा सङ्घीय संसद्का सदस्य र प्रदेशसभा सदस्यहरूले दशरदश दिनको पारिश्रमिक जम्मा गर्नेछन् ।

पालिकाका जनप्रतिनिधिलाई स्वैच्छिक सहयोग गर्न माओवादी केन्द्रले परिपत्रसमेत गरेको छ ।पार्टीका प्रदेश समितिले पनि राहत रकम सङ्कलन गरी केन्द्रीय राहत कोषमा रकम जम्मा गर्ने व्यवस्था मिलाइएको माओवादी केन्द्रको कार्यलय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);