समाजवादी फोरमले गर्यो नेतादेखि कार्यकर्तासम्म रकमै तोकेर राहत संकलन | ईमाउण्टेन समाचार

Our Network

असोज २३ २०८३, शनिबार

काठमाडौं, २ भदौ । संघीय समाजवादी फोरम नेपालले पार्टी पदाधिकारीदेखि सांसद् र कार्यकर्ता तहसम्म रकम नै तोकेर बाढी पीडितका लागि राहत संकलन गर्न थालेको छ।

 

समाजवादी पार्टीले पार्टीका सांसदहरुले एक महिनाको तलब, पदाधिकारी तथा राजनीतिक समिति सदस्यहरूले ३ हजार, केन्द्रीय सदस्य तथा केन्द्रीय निकायका सदस्यहरूले २ हजार र केन्द्रीय परिषद सदस्यहरूले एक हजार रुपैयाँ कोषमा जम्मा गर्न अनिवार्य नै गरेको छ।

 

फोरमले पार्टीका नेता कार्यकर्ता, देश विदेशका पार्टी तथा भातृ संगठहरूलाई पनि मन खोलेर सहयोग गर्न अपिल गरेको छ। फोरमले काठमाडौं उपत्यकामा सहअध्यक्ष राजेन्द्र श्रेष्ठको नेतृत्वमा राहत संकलन अभियान नै चलाएको छ।

ताजा समाचार