अग्नि सापकोटाविरुद्धको ज्यान मुद्दाको अनुसन्धानको सक्कलै फाइल पेश गर्न सर्वोच्चको आदेश | ईमाउण्टेन समाचार

Our Network

असोज १० २०८१, बिहीबार

अग्नि सापकोटाविरुद्धको ज्यान मुद्दाको अनुसन्धानको सक्कलै फाइल पेश गर्न सर्वोच्चको आदेश

२०८१,०६,१०
पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दामा हालसम्म भएका प्रगति विवरण माग भएको छ । संवैधानिक इजलासले बुधबार जाहेरी दरखास्त र सो सम्बन्धमा हालसम्म भएको काम कारवाहीसम्बन्धी सक्कलै फाइल पेश गर्न आदेश गरेको छ ।

प्रधान न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ अध्यक्षताको इजलासमा न्यायाधीशहरू प्रकाशमान सिंह राउत,सपना मल्ल,प्रकाश कुमार ढुंगाना र कुमार रेग्मी छन् ।सापकोटालाई काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको अभियोगमा सजाय माग गर्दै कनकमणि दीक्षित, अर्जुनकी पत्नी पूर्णिमाया लामा र सुशील प्याकुरेलसमेतले रिट दायर गरेका थिए ।सापकोटालाई सभामुख र मन्त्री बनाउने निर्णयविरुद्ध परेका रिटको लामो समयसम्म फैसला आएको छैन ।

पटक पटक पेशीमा चढे पनि यसको निर्णय सुनुवाइ भने अन्तिममा टर्ने गरेको छ ।माओवादी युद्धका बेला अपहरणपछि मारिएका काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटा प्रमुख दोषी रहेको भन्दै सपकोटाविरुद्ध २०६८ सालमा मुद्दा परेको थियो । अर्जुन लामाकी पत्नी पूर्णिमाया लामा, मानव अधिकारकर्मी सुशील प्याकुरेललगायतले २०६८ असार ६ गते दर्ता गरेका थिए ।

उक्त मुद्दामाथि प्रारम्भिक फैसला गर्दै तत्कालीन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले उक्त मुद्दा संवैधानिक इजलासमा जाने आदेश गरेको थियो ।माओवादी द्वन्द्व चलिरहेका बेला २०६२ साल वैशाखमा काभ्रेको छत्रबाँझको कृष्ण मावि व्यवस्थापन समितिका अध्यक्ष रहेका अर्जुन लामाको माओवादी कार्यकर्ताबाट हत्या भएको थियो । काभ्रे माओवादीको तत्कालिन नेतृत्वमा रहेका सापकोटा हत्यामा संलग्नता रहेको पीडित परिवारको दाबी छ ।

 

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);