डेंगीबाट ४ र नयाँ भाइरस इन्सेफलाइटिसबाट ३ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

भदौ २० २०८१, बिहीबार

डेंगीबाट ४ र नयाँ भाइरस इन्सेफलाइटिसबाट ३ जनाको मृत्यु

भदौ २०, काठमाण्डौ ||
डेंगीका कारण यस वर्ष नेपालमा ४ जनाको ज्यान गएको छ । बिहीवार सिंहदरबारमा बसेको समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सो जानकारी गराउनुभएको हो । मन्त्री पौडेलका अनुसार ६ हजार ८३१ जनामा डेंगु संक्रमण भएको र ७५ जिल्लामा फैलिएको छ । डेंगी नियन्त्रणका लागि सबै तहका सरकारसँग मिलेर समन्वयात्मक ढंगका गतिविधिहरु अघि बढाइरहेको मन्त्री पौडेलले बताउनु भयो । त्यस्तै झाडा पखालाका कारण बाँके जिल्लाको नरैनापुर गाउँपालिकाको वडा नम्बर ३ मा ४ जनाको मृत्यु भएको र जसमा एउटै परिवारका ३ जना रहेका छन् । सोको कारण पत्ता लगाउने काम भइरहेको स्वास्थ्यमन्त्री पौडेलले बताउनु भयो । जापनिज इन्सेफलाइटिस नयाँ प्रकोपका रुपमा नेपालमा भित्रिएको र जसबाट चितवन र कैलालीमा ३ जनाको मृत्यु भइसकेको बताउनु भयो । उहाँले जापनिज इन्सेफलाइटिसको शंकास्पद केसको संख्या ६२७ रहेको छ । त्यस्तै २८ जनामा पुष्टि भइसकेको पनि मन्त्री पौडेलले जानकारी दिनुभयो ।
मन्त्री पौडेलले सातै प्रदेशमा क्यान्सर उपचार सेवा बिस्तार गर्ने योजनाअनुसार अघि बढिरहेको बताउनु भयो । उहाँले सिंहदरबार वैद्य खानालाई थप स्तरोन्नति गरी २० किसिमका आधारभुत आयुर्वेदिक औषधिको उत्पादन गर्नेगरी काम शुरु गरिएको जानकारी दिनुभयो । उहाँले वीर अस्पतालमा सुविधा सम्पन्न जलन उपचार वार्ड सञ्चालनमा ल्याइने गरी तयारी गरिरहेको बताउनु भयो । जलन उपचार सेवामा १ लाख दिने व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयले अर्थमन्त्रालयलाई सिफारिस गरेको बताउनु भयो ।
यता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जापनिज इन्सेफलाइटिसमा नियमित खोप कार्यक्रम सञ्चालन गरेको बताउनु भयो । उहाँले प्रकोप भएका बेलामा खोप लगाउन नहुने जानकारी गराएको पनि बताउनु भयो । छुटेको र पाँच वर्षसम्मको बालबालिकालाई खोप लगाइरहेको बताउनु भयो । बंगुर र हाँस पालनबाट जापनिज इन्सेफलाइटिस देखिएको उल्लेख गर्नुभयो । लामखुट्टेबाट आयो भनेपनि सुँगुर, बँगुर र हाँस पालनबाट आएको जानकारी दिनुभयो ।
सचिव पोखरेलले राज्यले वर्नरसिप लिएको कार्यक्रमको सिर्जित दायित्व राज्यले नदिँदा काम गर्न कठिन भएको बताउनु भयो । उहाँले स्वामित्व लिइसकेपछि पूरा गर्नुपर्ने बताउनु भयो । आमा सुरक्षा कार्यक्रममा सिर्जित दायित्व पूरा गर्न नसक्दा काम गर्न कठिन भएको बताउनु भयो ।

अघिल्लो समाचार

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);