सरकारप्रति राजकिशोर यादवको टिप्पणीः एउटा पनि गणनायोग्य काम गरेको छैन | ईमाउण्टेन समाचार

Our Network

भदौ १२ २०८१, बुधवार

सरकारप्रति राजकिशोर यादवको टिप्पणीः एउटा पनि गणनायोग्य काम गरेको छैन

भाद्र १२, २०८१ बुधबार

जनता समाजवादी पार्टी, नेपालका सांसद राजकिशोर यादवले सरकारले एउटा पनि गणना गर्न लायक काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ ।केपी ओली नेतृत्वको सरकार बनेयता औँलामा गन्न सकिने कुनै एउटा पनि काम हुन नसकेको उहाँको भनाई थियो । बुधवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद यादवले सरकारले गफ भने ठूलोठूलो लगाउने गरेपनि काम केही पनि गर्न नसकेको बताउनु भयो ।

यो सरकार बनेको दिनदेखि अहिलेसम्म हेर्दा गफ ठूलो गर्ने तर काम चाहीँ एउटा पनि औँलामा गन्नसक्ने खालको नभएको सांसद यादवले दाबी गर्नुभयो । उहाँले संविधानको आत्माको रुपमा रहेको समावेशितालाई उल्लंघन गरेर सरकारले राजदुत नियुक्ति गरेको पनि दोहोयाउनुभयो । सांसद यादवले सरकारलाई असफल हुने कुनैपनि छुट नरहेको जिकिर पनि गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);