काठमाडौं,१६ माघ । भारतीय विदेशमन्त्री सुषमा स्वराज नेपाल आउने भएकी छन । वाम गठबन्धनले सरकार गठनको तयारी गरिरहेका बेला भारतीय विदेशमन्त्री स्वराज दुई दिने भ्रमणका लागि आगामी विहिबार नेपाल आउन लागेकी हुन ।
भारतीय विदेश मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी स्वराज नेपाल भ्रमणमा आउन लागेको बताएको छ । स्वराजको भ्रमणबाट दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने विज्ञप्तिमा उल्लेख छ । स्वराजले भ्रमणका क्रममा राजनीतिक दलका नेताहरुलाई भेट्ने कार्यक्रम छ ।