एमाले अध्यक्ष केपी ओली चौथो पटक प्रधानमन्त्री बन्दै,आज नियुक्ति | ईमाउण्टेन समाचार

Our Network

साउन २४ २०८१, बिहीबार

एमाले अध्यक्ष केपी ओली चौथो पटक प्रधानमन्त्री बन्दै,आज नियुक्ति

नेकपा एमाले अध्यक्ष केपी ओली चौथो पटक प्रधानमन्त्री हुनुहुने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज मुलुकको प्रधानमन्त्री नियुक्त गर्नुहुने भएको हो । नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीमा दाबी गर्नु भएका एमालेका अध्यक्ष केपी शर्मा ओली आज नियुक्त भएपछि सोमबार पद तथा गोपनीयताको शपथ लिने तयारी छ ।

पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत नपाएर पदमुक्त भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार साँझ ५ बजेसम्म प्रधानमन्त्रीमा दाबी पेश गर्ने समय दिनु भएको छ । ओलीले नेपाली कांग्रेसको समर्थनमा शुक्रबार नै संविधानको धारा ७६ (२) बमोजिमको प्रधानमन्त्री दाबी पेश गर्नु भएको छ ।

राष्ट्रपति कार्यालयले प्रकाशित गरेको आह्वान प्रस्तावको समय आइतबार साँझसम्मै रहेकाले सोमबार मात्र शपथ हुने बताइएको छ ।

समय सीमापछि मात्र नियुक्ति प्रक्रिया र शपथको प्रक्रिया अगाडि बढ्ने बताईएको छ । आइतबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने तयारी छ । तर आइतबार अबेर हुने भएकाले सोमबार मात्र शपथ लिने तयारी भएको हो ।

ओलीलेप्रधानमन्त्रीको शपथ लिए लगत्तै एमालेबाट विष्णुप्रसाद पौडेल र कांग्रेसबाट प्रकाशमान सिंहले उपप्रधानमन्त्रीको शपथ लिने बताईएको छ । सोमबार नै अरु मन्त्रीहरुलाई पनि शपथ गराउने तयारी भइरहेको छ । संभवतः १५ जनाको मन्त्रिपरिषद् सोमबार नै गठन हुने गरि तयारी भइरहेको बताईएको छ । ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);