केपी ओली सरकारमा पठाउने मन्त्री छान्न शेखर(गगन समूहको बैठक जारी | ईमाउण्टेन समाचार

Our Network

भदौ १९ २०८३, शनिबार

 केपी ओली सरकारमा पठाउने मन्त्री छान्न शेखर(गगन समूहको बैठक जारी

२०८१ असार ३०, आईतवार  केपी शर्मा ओलीको नेतृत्वमा पार्टीको तर्फबाट पठाउने मन्त्रीहरु छान्न नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक जारी छ ।

कांग्रेस नेता डा शेखर कोइरालाले नेतृत्व गरेको सो समूहले कांग्रेसले पाउने १० मध्ये ३ जना मन्त्री पाउने बताईएको छ ।

कोइरालाको विशालनगरस्थित सचिवालयमा बसेको बैठकमा महामन्त्री गगन थापा, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, अर्जुननरसिंह केसी, बलबहादुर केसी, दिलेन्द्र बडू, डा मिनेन्द्र रिजाल र डा चन्द्र भण्डारी सहभागी छन् ।

संस्थापन इतर समूहबाट सांसदहरु जीवन परियार, बद्री पाण्डे, चन्द्र भण्डारी , प्रदीप पौडेल, प्रतिमा गौतम र अर्जुननरसिंह केसीलगायतले मन्त्रीका लागि लविङ गरिरहेका छन् ।

Leave a Reply

ताजा समाचार