१७ औं गणतन्त्र दिवसको अवसरमा कोशी प्रदेश सरकारले प्रभातफेरि गरेको छ ।
प्रदेश सरकारले मंगलवार विराटनगरमा प्रभातफेरिको आयोजना गरेको हो ।
विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट निकालिएको प्रभातफेरि रोडशेष, बसपार्क हुँदै महेन्द्र चोक पुगेर समापन भयो ।
प्रभातफेरि समापन समारोहमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री लीलावल्लभ अधिकारीले गणतन्त्रलाई अझ बलियो बनाउदै लैजानुपर्ने बिषयमा जोड दिनुभयो ।
कोशी प्रदेशस्तरी मुल समारोह समितिको आयोजनामा प्रभातफेरि कार्यक्रममा सरकारका विभागीय मन्त्री, मुख्य सचिव, सचिवसहित सरकारका कर्मचारी, सुरक्षा निकाय र सामाजिक संस्थाका प्रमुख तथा प्रतिनिधि लगायत सहभागि थिए ।०००