गणतन्त्र दिवसको दिन सार्बजनिक बिदा नहुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

गणतन्त्र दिवसको दिन सार्बजनिक बिदा नहुने

pradesh sava bhawan rupandehi

रुपन्देही, १५ जेठ ।  प्रदेश ५ सरकारले गणतन्त्र दिवस बिभिन्न कार्यक्रम गरी मनाउने भएको छ ।

प्रदेश सरकारले ३ दिनसम्म गणतन्त्र दिवस मनाउने निणर्य गरे अनुसार बिभिन्न स्थानीय तहले आफना क्षेत्रमा सरसफाई गरेका छन् भने साँझ प्रदेश सरकारको आब्हानमा दीपावली गर्ने तयारी छ ।

बुधबार गणतन्त्र दिवसको मुख्य दिन बिहान राजमार्ग चौराहाबाट प्रभातफेरी सुरु भई बुटवलमण्डपमा पुगेर बिशेष समारोहमा परिणत हुने कार्यक्रम रहेको छ । बिशेष समारोह प्रदेश प्रमुख उमाकान्त झाको प्रमुख आतिथ्यमा हुने छ । भोली साँझ प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय सहित प्रदेश सरकारका बिभिन्न मन्त्रालय र कार्यालयहरुमा दीपावली गर्ने कार्यक्रम रहेको छ ,

त्यस्तै पर्सी बिभिन्न सामाजिक सस्थाको आयोजनामा रक्तादान तथा आश्रमहरुलाई सहयोग गर्ने कार्यक्रम तय गरेका छन ।

यसैबिच गणतन्त्र दिवसको मुख्य दिन जेठ १५ गते गतवर्ष सार्वजनिक बिदा दिएको प्रदेश ५ को सरकारले यस वर्ष सार्बजनिक बिदा नदिने भएको छ ।

गत वर्ष बिदा दिइएपनि यस वर्ष बिदा दिने निणर्य नगरीएको प्रदेश सरकारका प्रवक्ता भौतिक पूर्वाधार बिकास मन्त्री बैजनाथ चौधरीले वताए । यो समाचार आजको हिमालय टाइम्स दैनिकमा लेखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);