प्रधानमन्त्री प्रचण्डलाई चौथो पटक १५७ मत सहित विश्वासको मत प्राप्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८२, सोमबार

प्रधानमन्त्री प्रचण्डलाई चौथो पटक १५७ मत सहित विश्वासको मत प्राप्त

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको विरोधकाबीच प्रधानमनत्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत प्राप्त गर्नु भएको छ ।

सोमबार प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षीको नाराबाजि र बेल घेराउबीच प्रधानमन्त्री प्रचण्डले संसद प्रस्तुत गरेको विश्वासको मतको पक्षमा १५७ , विपक्षमा शून्य र मत दिन्नँ भन्ने पक्षमा १ मत परेको छ ।

विपक्षी दलहरुको वेल घेराउ र नाराबाजीका बीच प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने प्रस्ताव पेश गर्नुभयो र नाराबाजीकै बीच एमाले उपाध्यक्ष विष्णु पौडेलले प्रस्तावको समर्थनमा बोल्नु भयो । त्यसपछि जवाफ दिन रोष्ट्रममा उपस्थित भएका प्रधानमन्त्रीले वेल घेराउ गरिहेका कांग्रेस सांसदहरुप्रति आक्रोश पोख्नु भयो ।

सम्बोधनको सुरुमै प्रचण्डले अवरोधमा रहेका माननीय सदस्यहरुलाई एकदमै गलत गरेको भन्दै आक्रोश पोख्नु भयो ।

विगतमा पटकपटक कांग्रेसलाई साथ दिएको र यो पटक पनि सम्वादमा सहमतिमा ल्याउन पहल गरेको संविधानअनुसार विश्वासको मत लिन समेत नदिएको भन्दै उहाँले भने, कांग्रेसले इतिहासमा नराम्रो उदाहरण प्रस्तुत गरेको टिप्पणी गर्नु भयो । उहाँले यसप्रति दुःख व्यक्त गर्नुभयो ।

प्रचण्डले सरकारको कामकारबाहीका कारण सुशासनको आशा जागेको दाबी गर्नुभयो । विश्वासको मत लिने प्रस्ताव पेश गर्दै प्रधानमन्त्री प्रचण्डले ललिता निवास, बाँसबारी छालाजुत्ता, सुन प्रकरण लगायतमा सरकारले निर्भिक र निष्पक्ष कारबाही गरेको दाबी गर्नु भएको हो ।

यसबाट राजनीतिक नेतृत्व कानुनभन्दा माथि भएको भाश्य तोडिएको र निर्भिक र निष्पक्ष
कारबाहीले लोकतन्त्रको शक्तिप्रति ठूलो भरोसा जागेको प्रचण्डले उल्लेख गर्नु भयो ।

सरकारले सबैजसो मोर्चामा सार्थक उपलब्धि र गौरव हासिल गर्दागर्दै पनि जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले फेरि देशमा देखिएको चुनौतीलाई सम्बोधन गर्न सबै एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताउनु भयो । ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);