इरानी राष्ट्रपति इब्राहिम रइसी यात्रारत हेलिकोप्टर दुर्घटना | ईमाउण्टेन समाचार

Our Network

जेठ ७ २०८१, सोमबार

इरानी राष्ट्रपति इब्राहिम रइसी यात्रारत हेलिकोप्टर दुर्घटना

इरानी राष्ट्रपति इब्राहिम रइसी यात्रारत हेलिकोप्टर दुर्घटना भएको क्षेत्र पत्ता लागेको छ

राष्ट्रपति रइसी चढेको उक्त हेलिकोप्टरमा जीवनको कुनै संकेत नरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

इरानी अधिकारीहरुले हेलिकोप्टर पूर्ण रूपमा जलेको जनाइएको छ । राष्ट्रपति चढेको हेलिकोप्टर दुर्घटनामा त्यसमा रहेका सबैको मृत्यु भएको बताईएको छ ।

इरानी राष्ट्रपति इब्राहिम रइसी र विदेशमन्त्री होसेन अमिराब्दोल्लाहियान चढेको हेलिकोप्टर दुर्घटनामा परेको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका थिए ।

इरानका आन्तरिक मामिलामन्त्री अहमद वाहिदीले राष्ट्रपति र विदेशमन्त्री हेलिकोप्टरमा यात्रारत रहेको पुष्टि गरेका थिए ।

उक्त हेलिकोप्टरमा इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमतीसहित अन्य धेरै व्यक्तिहरू चढेका थिए ।

इरानको सरकारी सञ्चारमाध्यमका अनुसार हेलिकोप्टरले उडानका क्रममा कठिनाइको सामना गर्नु परेको थियो ।

इरानी आन्तरिक मामिलामन्त्रीका अनुसार उद्धार टोली घटनास्थल गएको छ । खराब मौसमका कारण घटनास्थलसम्म पुग्न कठिन भएको थियो । उक्त क्षेत्रमा ४० भन्दा बढी उद्धार टोली खटाइएको छ । ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);