तनहुँको ब्यास नगरपालिका ३ तरकारी लाइनमा आगालागी ,२० सटर जलेर नष्ट | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

तनहुँको ब्यास नगरपालिका ३ तरकारी लाइनमा आगालागी ,२० सटर जलेर नष्ट

तनहुँको ब्यास नगरपालिका ३ तरकारी लाइनमा बिख्ुत सर्ट भइ आगालागी हँुदा २० सटर जलेर नष्ट भएका छन् ।

तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा रातको समयमा भीषण आगलागी हुँदा ठुलो क्षति भएको हो ।

व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनमा रहेका सटरमा राति १२ः४५ बजेदेखि आगलागी सुरु भएको थियो ।

आगलागीका कारण करिब २० वटा सटर पूर्णरूपमा जलेर नष्ट भएका छन् । आगलागीबाट लाखौँको क्षति भएको अनुमान गरिएको छ । ती

न घण्टाको प्रयासपछि आगलागी पूर्णरुपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

आगलागीमा मोबाल पसल, पुस्तक पसल, फलफुल पसल, वाइन सप लगायतमा पूर्ण क्षति भएको छ ।

विद्युत् चुहावट हुँदा आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीबाट मानविय क्षति नभएको र अन्य भौतिक क्षतीको बिबरण भने आउन बाकी रहेको प्रहरीले जनाएको छ

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);