प्रतिनिधिसभा बैठक अपरान्ह ४ बजेसम्मका लागि सर्‍यो | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

प्रतिनिधिसभा बैठक अपरान्ह ४ बजेसम्मका लागि सर्‍यो

जेठ ३, प्रतिनिधि सभाको बैठक बिहीबार अपराह्न चार बजेका लागि सारिएको छ। बिहान ११ बजेका लागि बोलाइएको बैठक ४ बजेसम्मका लागि सारिएको हो।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले प्रतिनिधि सभाको बैठक अपराह्न चार बजेका लागि सारिएको संसद सचिवालयले जानकारी गराएको छ।

प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग संसद् खुलाउनेगरी प्रयास गरिरहेका छन्।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेसमेतको नाममा छानबिन समिति बनाउनपर्ने माग राख्दै आएको छ।

कांग्रेसले सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिलाई प्रस्तुत गर्न दिएपनि त्यसपछिको बैठक अवरोध गरेको थियो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);