तीनकुने घटना- छानबिन आयोग गठन गर्न सरकारलाई राप्रपाको ध्यानाकर्षण | ईमाउण्टेन समाचार

Our Network

भदौ १७ २०८३, बिहीबार

तीनकुने घटना- छानबिन आयोग गठन गर्न सरकारलाई राप्रपाको ध्यानाकर्षण

चैत २१ बिहिबार ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले तीनकुने घटनाको सर्वोच्च अदालतका पूर्वन्यायाधीशको अध्यक्षतामा मानवअधिकार आयोग, नागरिक समाज सम्मिलित स्वतन्त्र छानबिन आयोग गठन गर्न माग गरेको छ।

अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गएको राप्रपाको प्रतिनिधिमण्डलले आज कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ध्यानाकर्षणपत्र बुझाएको हो।यस्तै, राप्रपाले छानबिनका लागि गृहमन्त्रीको राजीनामा, चेत १५ गतेको दमनमा नेतृत्व गर्ने प्रहरी प्रमुख र प्रशासनिक नेतृत्वको निलम्बन गर्न, मृतकहरूलाई शहीद घोषणा गरिनुपर्ने पनि माग गरेका छन्।

राप्रपा नेताहरू रवीन्द्र मिश्र र डा। धवल शमशेर राणा लगायत अन्य बन्दीहरूको रिहाइ, घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गरिनुपर्ने पनि राप्रपाको माग छ।

Leave a Reply

ताजा समाचार