राष्ट्रिय गौरवको आयोजना सुनकोसी मरिण डाइभर्सनको सुरुङ प्रधानमन्त्री प्रचण्डको उपस्थितीमा ब्रेक थ्रु | ईमाउण्टेन समाचार

Our Network

असोज ८ २०८१, मंगलबार

राष्ट्रिय गौरवको आयोजना सुनकोसी मरिण डाइभर्सनको सुरुङ प्रधानमन्त्री प्रचण्डको उपस्थितीमा ब्रेक थ्रु

राष्ट्रिय गौरवको आयोजना सुनकोसी मरिण डाइभर्सन परियोजनाकोसुनकोशी–मरिण डाइभर्सन सुरुङ छिचोलिएको छ ।

सिन्धुलीस्थित सुनकोशी गाउँपालिका–७ को कानढुंग्रीमा रहेको डाइर्भसनको बाँकी केही सेन्टिमिटर खनेसँगै म.बुधबार सुरुङ छिचोलिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा सुरुङ छिचोलिएको हो । प्रचण्डले स्विच थिचेर सुरुङ छिचोलिएको घोषणा गर्नुभयो । तराई–मधेशका विभिन्न जिल्लामा १२ महिनैै सिँचाइ सुविधा पु¥याउने लक्ष्य रहेको यो योजनाका सुरुङ ब्रेक थ्रु महत्वपूर्ण मानिएको छ । सुनकोशी मरिण डाइभर्सन आयोजनाका अनुसार सुरुङकूल १३ दशमलव तीन किलोमिटर लामो छ ।

सुरुङ निर्माणमा अटोमेटिक टनेल बोरिङ मेसिन टीबीएम प्रयोग गरिएको छ । भेरी बबई डाइभर्सन आयोजनापछि सुनकोसी मरिणमा पनि टीबीएम मेसिन प्रयोग गरिएको हो । उपकरणको प्रयोग गरी सुरुङ निर्माण गर्दा त्यसले सकारात्मक प्रभाव पारेको छ ।

पहाडी भूभाग बढी भएको नेपालमा सुरुङ खन्न अब टीबीएम प्रभावकारी उपकरणका रुपमा स्थापित भएको छ । सुनकोसी नदीको पानी मरिण खोलामा झारेर विद्युत् उत्पादन गर्ने र तराईका एक लाख २२ हजार हेक्टरमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ सुरु गरिएको सो आयोजनाबाट सुनकोसीको करिब ६७ क्युसेक पानीमरिण खोलामा खसालिनेछ ।

त्यसपछि वाग्मती सिँचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर धनुषा, महोत्तरी, सर्लाही, रौतहट र
बाराको करिब एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने लक्ष्य राखिएको छ । त्यस्तै आयोजनाबाट ३१ मेगावाट बिजुली उत्पादन हुनेछ ।०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);