श्रमजीविहरु प्रविधिसँग अभ्यस्त नहुँदा व्यवसायजन्य रोग र असुरक्षा बढ्यो  | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

श्रमजीविहरु प्रविधिसँग अभ्यस्त नहुँदा व्यवसायजन्य रोग र असुरक्षा बढ्यो 

संयुक्त टे«ड युनियन समन्वय केन्द्र जेटियुसिसिले व्यवसायजन्य सुरक्षा स्वास्थ्यलाई प्रमुख मुद्दा बनाउनुपर्नेमा जोड दिएको छ ।

आईतवार काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवसको अवसरमा जेटियुसिसिका अध्यक्ष योगेन्द्रकुमार कुँवरले ट्रेड युनियनहरुले व्यवसायजन्य सुरक्षा स्वास्थ्यलाई प्रमुख मुद्दा बनाउनुपर्नेमा जोड दिनु भएको हो ।

उहाँले श्रमजीविहरु प्रविधिसँग अभ्यस्त नहुँदा र रसायनहरुका सन्दर्भमा श्रमीकहरु जानकार हुन नसक्दा व्यवसायजन्य रोग र असुरक्षा बढेको बताउनु भयो । उहाँले नेपालमा व्यवासयिक असुरक्षा र व्यवसायिक अस्वस्थताको तथ्यांक नहुने भएकाले न्युनिकरणमा झनै कठिनाइ बन्दै गएको बताउनु भयो ।

उहाँले काममा सुरक्षा र स्वास्थ्यको निम्ति संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले छुट्टै ऐनको माग
गरिरहेको जानकारी गराउनु भयो ।

योगदानमा आधारित सामाजिक सुरक्षा जोखिमलाई न्युनिकरण गर्ने भन्दा पनि क्षतिपूर्तितिर कार्यक्रम केन्द्रित भएको भन्दै उहाँले आपत्ति जनाउनु भयो ।

विश्वव्यापी रुपमा व्यावसायिक स्वास्थ्यले कार्यस्थल सम्बन्धी खतराहरूलाई रोक्ने क्रममा कामदारहरूको शारीरिक, मानसिक र सामाजिक कल्याणलाई समेट्छ ।०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);