कक्षा १२ को परीक्षा आजदेखि सुरु, नियमिततर्फ  ३ लाख ९० हजार ८४७ परीक्षार्थी  | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

कक्षा १२ को परीक्षा आजदेखि सुरु, नियमिततर्फ  ३ लाख ९० हजार ८४७ परीक्षार्थी 

वैशाख १४कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ सुरु भएको छ ।

बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ । राष्ट्रिय परीक्षा बोर्डले सबै विद्यार्थीहरुलाई निर्धक्क भएर परीक्षामा सहभागी हुन आग्रह गरेको छ ।

बोर्डका अनुसार अनुसार यसवर्ष परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठ ४७
परीक्षार्थी छन्। त्यस्तै ग्रेड वृद्धितर्फ एक लाख छ सय ५० विद्यार्थी छन ्। देशभरका पाँच हजार पाँच सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुनेछन्।

परीक्षाका लागि बोर्डले देशभर एक हजार पाँच सय २५ परीक्षा र देशबाहिर जापानमा एक गरि कूल एक हजार पाँच सय २६ परीक्षा केन्द्रमा निर्धारण गरेको छ । सबैभन्दा बढी काठमाडौँमा एक सय ४४ र मनाङ(मुस्ताङमा एक(एक वटा परीक्षा केन्द्र निर्धारण गरेको छ।

पहिलो पटक बोर्डले यसवर्ष स्वचालित स्यान्डम प्रक्रियाबाट काडमाडौँका परीक्षा केन्द्र निर्धारण गरेको हो ।
परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारी, कार्यालय सहयोगी गरी ३४ हजार एक सय ७१ जनशक्ति र १८ हजार तीन सय प्रहरी परिचालन हुने भएका छन् ।

परीक्षामा लागि आवश्यक पर्ने उत्तरपुस्तिकालगायतका सामग्री परीक्षा केन्द्रहरुमा पुगिसकेको छ । यसवर्ष पनि प्रश्नपत्र अनलाइनबाट पठाइने भएको छ । इमेलबाट प्रश्नपत्र पठाउँदा ‘टाइम पासवर्ड’ को व्यवस्था छ । ०००

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);