‘राम्रो गरेको कुरालाई प्रशंसा गर्नुभयो भने मनोबल बढ्छ’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

‘राम्रो गरेको कुरालाई प्रशंसा गर्नुभयो भने मनोबल बढ्छ’

काठमाडौं,२३ चैत्र । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा लागुपदार्थ दुव्र्यसनी बढ्दै जाँदा सरकारले नियन्त्रणमा चासो नदेखाएको आरोप लगाउनुभएको छ । बिहीवार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले रौतहट, कैलाली जिल्लाहरुमा पछिल्लो समय लागुपदार्थ दुव्र्यसनी बढीरहेको भन्दै सरकार, नेपाल प्रहरी र प्रशासन के हेरेर बसेको ? भन्दै प्रश्न गर्नुभयो । उहाँले युवाहरु लागुपदार्थको दुव्र्यसनमा दिनप्रतिदित फसिरहेको तर अपराधीहरु कारबाहीको दायरामा आउन नसकेको बतउनु भयो । उहाँले राज्य सञ्चालनका तरिकामा कमी कमजोरीहरु रहेको भन्दै सुधार गर्ने सोचका साथ अघि बढ्नुपर्ने खाँचो रहेको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘राज्य सञ्चालनका तरिकामा रहेका अनेक कमी कमजोरीहरु छन् । त्यो कमी कमजोरीहरुमा सुधार गर्ने सोचका साथ अघि बढ्नुपर्ने खाँचो छ । हामी अहिले पनि गठबन्धनमा छाँै । हिजो पनि गठबन्धनमा थियौँ । र हामीले पटकपटक भनिरहेका छौँ, कुरो के हो भने प्रधानमन्त्री नै मुख्य हुन्छ । तर एक्लै प्रधानमन्त्रीले मात्रै गर्न सक्दैन । प्रधानमन्त्री मुख्य हुन्छ, त्यो पनि सही कुरा हो । तर एक्लो प्रधानमन्त्रीले मात्रै गर्न सक्दैन । अरुको साथ र सहयोग पनि चाहिन्छ । राजनीतिक सहयोग मात्रै होइन, बौद्धिक सहयोग चाहिन्छ, प्रशासनिक सहयोग चाहिन्छ, मिडियाको सहयोग चाहिन्छ, राम्रो गरेको कुरालाई प्रशंसा गर्नुभयो भने मनोबल बढ्छ । राम्रो गर्दा पनि आलोचना गर्नुभयो भने काम गर्ने जाँगर घट्छ । आज मात्रै मैले एउटा पत्रिकामा पढेँ, लागुपदार्थको अत्यन्तै दुव्र्यसन रौतहट जिल्लामा बढ्दो छ । कैलाली जिल्लामा त्यस्तै छ । लाग्दछ, सरकार के गरेर बसेको छ ? प्रहरी के गरेर बसेको छ । प्रशासन के गरेर बसेको छ । हाम्रा युवाहरु लागुपदार्थको दुव्र्यसनमा फस्छन् र त्यस्ता अपराधी कारबाहीमा पर्दैनन् ।’

अध्यक्ष नेपालले राजनीतिक कर्मीहरु निष्ठावान हुन नसके र स्वच्छ छवि कायम राख्न नसके राष्ट्र सेवकहरुले कुनै राम्रो कुरा सिक्न नसक्ने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);