रास्वपा लक्षित काँग्रेस नेता सिंहको टिप्पणीः मुलुकमा ताण्डव नृत्य देखाइरहेका छन् | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

रास्वपा लक्षित काँग्रेस नेता सिंहको टिप्पणीः मुलुकमा ताण्डव नृत्य देखाइरहेका छन्

काठमाडौं,२५ चैत्र । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु ठूल्ठूला काण्डमा फसेको आरोप लगाउनुभएको छ । रास्वपा सभापति एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सहकारी घोटालाप्रति लक्षित गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिंहले आफ्नो जिम्मेवारी पूरा नगर्नेहरुले सुशासनको ठूल्ठूला कुरा गर्ने गरेको जिकिर पनि गर्नुभयो । उहाँले पुरानो दलको बिरोध गर्नेहरुले नयाँको नाममा मुलुकमा ताण्डव नृत्य देखाईरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘बन्ने, बनाउने एउटा पार्टी, बनिसकेपछि यहाँ ताण्डव नृत्य गर्नेहरु थुप्रै आईरहेका छन् । तर तपाई हामी सबैले एउटा के कुरा बुझ्नुप¥यो भने हामी पार्टीको क्षेत्रीय सम्मेलनमा उपस्थत भएका छौं । नेपाली काँग्रेस अरु पार्टीहरु जस्तो होइन । नेपालमा प्रजातान्त्रिक मूल्य र मान्यता स्थापना गर्नका लागि र प्रजातान्त्रिक पद्धति अनुसार यो देशमा सुशासन गरेर देशलाई अघि बढाउनु पर्छ, राष्ट्रलाई निर्माण गर्नुपर्छ । समाजको उत्थानको लागि नेपाली काँग्रेसले धेरै त्याग, तपस्या गरेर जनतालाई अधिकार दिलाउने काम गरेको पार्टी हो नेपाली काँग्रेस । त्यसकारण यो पार्टीको पहिचान अरु पार्टीको भन्दा बेग्लै छ भन्ने हामी सबैले बुझन जरुरत छ । भर्खर आएका छन् । ठूल्ठूला कुरा गर्छन् । र आफूले गर्नुपर्ने जिम्मेवारी केही पनि नगर्ने, अनि ठूलो दलले काम गरेन भनेर सुख पाईन्छ ? खै त भर्खर आएका पार्टीहरु भर्खर जन्मेको छ । ठूल्ठूला सुशासनका कुरा गर्दछन् । सुशासनका कुरा गर्ने नेताहरु कुनकुन काण्डमा फसिरहेका छन भन्नेकुरा चाहीँ सबैले देखिरहेका छन् ।’

नेता सिंहले काँग्रेसले मुलुकको आर्थिक क्रान्तिको पनि नेतृत्व गर्नेगरी पार्टीको संगठन बनाउनुपर्ने आवश्यकता औंल्याउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);