अर्थतन्त्रले शिथिलता भोगिरहेको छः गभर्नर अधिकारी | ईमाउण्टेन समाचार

Our Network

असार १४ २०८१, बिहीबार

अर्थतन्त्रले शिथिलता भोगिरहेको छः गभर्नर अधिकारी

काठमाडौं,२२ चैत्र । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी मुलुकको अर्थतन्त्रमा शिथिलता कायम रहेको बताउनुभएको छ । बुधवार काठमाडौंमा कर्पोरेट नेपालको १० औं वार्षिकोत्सव कार्यक्रम बोल्दै गभर्नर अधिकारीले यस्तो बताउनुभएको हो । उहाँले अर्थतन्त्रले शिथिलता भोगिरहेको उल्लेख गर्नुभयो ।

उहाँले गत आर्थिक वर्ष २०७९/८० को केन्द्रिय तथ्याङ्क कार्यालयले अनुमान गरेको तथ्याङ्कबाट २ प्रतिशत भन्दा कमको आर्थिक वृद्धिदर हासिल गरेको बताउनु भयो । उहाँले चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न लक्ष्य भएपनि लक्ष्य अनुसारको आर्थिक वृद्धि नहुने सूचकहरुले देखाइरहेको बताउनु भयो। उहाँले ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य पूरा नभएपनि औसत आर्थिक वृद्धि हुने दाबी गर्नुभयो । गभर्नर अधिकारीले अर्थतन्त्रका कतिपय प्यारामिटरहरु सबल बन्दै गएको बताउनु भयो । उहाँले अर्थतन्त्रका राम्रा पक्षलाई प्रयोग गरेर समग्रमा सुधार गर्न सक्ने ठाउँहरु रहेको बताउनु भयो । अर्थतन्त्रको वाह्य क्षेत्र सवल रहेको दाबी गर्नुभयो । उहाँले ७ महिनाको वस्तु तथा सेवाको आयात धान्ने राष्ट्र बैंकले राखेको लक्ष्य भन्दा पनि बढी १२.३ महिनाको वस्तु तथा सेवाको आयात धान्नसक्ने क्षमता अवस्था पुगेको बताउनु भयो । उहाँले मूल्यवृद्धि पनि लगभग ५ प्रतिशतको हाराहारीमा रहेको बताउनु भयो । उहाँले बैंकको ब्याजदर क्रमश घट्दै गएको र बैंकले पोलिसी रेटहरु घटाउँदै गएको बताउनु भयो । सरकारलाई आर्थिक स्रोत जुटाउन र खर्च व्यवस्थापन गर्नको लागि चालु खर्च र वित्तीय खर्चको साइज बढ्दै गएकाले पुँजीगत खर्च गर्नुपर्ने रकम त्यतातिर लगाउनु पर्ने चुनौति सरकारसँग रहेको बताउनु भयो । उहाँले समग्रमा अर्थतन्त्र हेर्दा बैंकिङ क्षेत्र सबल रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘अर्थतन्त्रले एक खालको शिथिलका भोगिरहेको छ । गत आर्थिक वर्ष २०७९/८०को केन्द्रिय तथ्याङ्क कार्यालयले अनुमान गरेको तथ्याङ्कबाट २ प्रतिशत भन्दा कमको आर्थिक वृद्धिदर हासिल गरौं । यो वर्ष ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न आशा गरेता पनि त्या पुग्ने सूचकहरु आइरहेका छन् । तर पनि हामी औषत वृद्धि गर्नसक्छौं भन्ने लक्ष्य छ । तथ्यहरुले दिइरहेको छ । त्यो बोहक अर्थतन्त्रका कतिपय प्यारामिटरहरु हाम्रा सवल पक्षहरु छन् । तीनलाई हामीले प्रयोग गरेर समग्रमा सुधार गर्न सक्ने ठाउँहरु छन् । वाह्य क्षेत्र सवल छ । राष्ट्र बैंकले राखेको लक्ष्य भन्दा ७ महिनाको वस्तु तथा सेवाको आयात धान्न विषय अहिले १२.३ महिनाको वस्तु तथा सेवाको आयात धान्न सक्ने क्षमता अवस्था छ । मुद्रास्फिती पनि अत्यन्तै कन्टन भएको अवस्था छ । लगभग ५ प्रतिशतको हाराहारीमा मूल्यवृद्धि छ । यरी हेर्दा ६ं प्रतिशत भन्दा माथि मूल्यवृद्धि देखिन्छ । मूल्यवृद्धि पनि स्थिर छ ।बैंकको ब्याजदर क्रमस घट्दै आएरहेको छ । बैंकको पोलिसी रेटहरु घटाउँदै गएको छ । सरकारलाई केही दबाब छ । आर्थिक स्रोत जुटाउन र खर्च व्यवस्थापन गर्नको लागि चालु खर्चको साइज बढ्दै गएको छ । वित्तीय खर्चको साइज बढ्दै गएको छ । जसले गर्दा पुँजीगत खर्च गर्नुपर्ने रकम त्यतातिर लगाउनु पर्ने भएको छ । त्यो खालको चुनौती सरकारसँग छ । समग्रमा अर्थतन्त्र हेर्दा बैंकिङ क्षेत्र सवल छ । उद्योग व्यवसायलाई बैंकहरुले सहयोग गर्दै आएका छन् । अर्थतन्त्र र व्यवसायमा सिथिलता छ । कसरी चिर्ने भन्दा सबैको समन्वय र सहकार्यबाट मात्रै चिर्न सकिन्छ । उपाय र नीतिहरु पनि छ । निराश हुने भन्दा पनि अगाडि बढ्नुपर्छ । अर्थतन्त्रमा शिथिलता छ भन्दैमा कर्मचारी कटौती गर्दा थप अर्थतन्त्रमा शिथिलता बढ्छ । समस्या आयो भन्दैमा कलम खल्तीबाट निकालियन भने थप समस्या आउँछ । अर्थतन्त्र सवल बनाउनको लागि सरकार र निजी क्षेत्र सहकार्य गर्न आवश्यक छ । अर्थतन्त्रका सूचकहरु सकारात्मक भएको आत्तिनु पर्ने अवस्था छैन । विदेशी मुद्रालाई लगानी गर्न तर्फ लाग्न जरुरी छ । मनोवल गिराएर होइन निजी क्षेत्र उच्च मनोवल बनाएर लाग्नुपर्छ । व्यवसायी गतिविधि छैनन् भन्ने होइन । गतितिविधि भइरहेको छ । संरचनागत सुधारको आवश्यकता छ । यो एक दिनमा सम्भव हुने कुरा होइन । राज्यले यो विषयमा सोचेको छ ।’

उहाँले अर्थतन्त्र र व्यवसायमा रहेको शिथिलता चिर्ने सरकार र निजी क्षेत्रको समन्वय र सहकार्य आवश्यक रहेको बताउनु भयो । उहाँले अर्थतन्त्रको सिथिलता हटाउनको लागि उपायहरु रहेको भन्दै अर्थतन्त्र सिथिलता भयो भन्दैमा निराश हुने अवस्था नरहेको बताउनु भयो । उहाँले अर्थतन्त्रमा शिथिलता छ भन्दैमा कर्मचारी कटौती गर्दा थप अर्थतन्त्रमा शिथिलता बढ्ने भन्दै कर्मचारी कटौती नगर्न आग्रह गर्नुभयो । उहाँले अर्थतन्त्र सवल बनाउनको लागि सरकार र निजी क्षेत्र सहकार्य गर्न आवश्यक रहेको बताउनु भयो। उहाँले अर्थतन्त्रका सूचकहरु सकारात्मक भएको आत्तिनु पर्ने अवस्था नभएको बताउनु भयो । उहाँले विदेशी मुद्रा सञ्चितिलाई सरकारले प्रयोग गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले मनोबल गिराएर होइन निजी क्षेत्र उच्च मनोवल बनाएर व्यवसायीक गतिविधिमा लाग्न आवश्यक रहेको बताउनु भयो

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);