काठमाडौं,१९ चैत्र । रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीको बैठकमा कुटाकुट भएको छ ।
रेशम चौधरी र उनकी पत्नी रन्जिता चौधरी दम्पत्तिको विवादले विभाजनको मुखमा पुगेको सो पार्टीको केन्द्रीय कार्यालयमा बसेको बैठकमा २ नेताहरुबीच हात हालाहाल भएको स्रोतले जनाएको छ ।
२ पक्षबीचको विवादको क्रममा रामलाल डगौरा र नेता रमेश विकमाथि हातपात भएको खुलेको छ । उनीहरु दुवैजना रन्जिता पक्षका नेताहरु हुन् । डगौरा टिकापुरका मेयर हुन् ।