काठमाडौं,१८ चैत्र । इंग्लिस प्रिमियर लिग अन्तर्गत दावेदार टोली म्यानचेस्टर सिटी र आर्सनलले गोलरहित बराबरी खेलेका छन् । सिटीको घरेलु मैदान एटिहाड स्टेडियममा भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन् ।
धेरै नै प्रतिक्षा गरिएको खेलमा दुवै टोलीले सोचेअनुरुप खेल प्रदर्शन गर्न सकेनन् । दुवै टोलीले स्पष्ट मौकाहरु सिर्जना गर्न पनि सकेनन् । यो बराबरी लिभरपुलका लागि फाइदाजनक सावित भएको छ । ब्राईटन विरुद्ध पुनरागमन जित दर्ता गर्दै लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ । डयानी वेलबेकले दोस्रो मिनेटमा नै ब्राईटनलाई अग्रता दिलाए ।
तर २७औं मिनेटमा लुइस डियाज र ६५औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै लिभरपुललाई महत्वपूर्ण जित दिलाए । यो सँगै २९ खेलमा ६७ अंकसहित लिभरपुलको शीर्ष स्थान सुरक्षित भएको छ । दोस्रो स्थानमा रहेको आर्सनलको २९ खेलमा ६५ अंक छ ।
म्यानचेस्टर सिटी भने २९ खेलमा ६४ अंक सहित तेस्रो स्थानमा छ ।




