भोलिदेखि एसइई सुरु हुँदै,सम्पुर्ण तयारी पुरा | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

भोलिदेखि एसइई सुरु हुँदै,सम्पुर्ण तयारी पुरा

काठमाडौं,१४ चैत्र । बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा एसइर्ईको सबै तयारी पुरा भएको छ । २७ गतेसम्म हुने यस वर्षको एसइर्ई परीक्षाको अन्तिम तयारी पुरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डले शान्तिपूर्णरुपमा सम्पन्न गर्न र भयरहित भएर ढुक्कसँग परीक्षामा सहभागी हुन सबैलाई आह्वान पनि गरेको छ

बिहान ८ बजेबाट ११ बजेसम्म सञ्चालन हुने परीक्षामा पहिलो दिन अंग्रेजी विषयको जाँच हुनेछ । परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका दुई लाख ५० हजार सात सय ७२ छात्रा, दुई लाख ५३ हजार छ सय २७ छात्र र अन्य १५ जना गरी कूल पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी हुने छन् ।

परीक्षाका लागि दुई हजार ६४ परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा कम मनाङ, मुस्ताङमा एक÷एक र सबैभन्दा बढी काठमाडौँमा एक सय २७ परीक्षा केन्द्र छन् । यस वर्षको एसइई परीक्षामा जापानबाट १५ छात्रा र ८ छात्र गरी २३ जना सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ । परिक्षामा उतीर्ण हुन ३५ प्रतिशत अंक ल्याउनुपर्ने  छ ।

कम अङ्क ल्याएमा कक्षा ११ मा भर्ना हुन नपाउने र पुनः मौका परीक्षामा सहभागी हुनुपर्ने व्यवस्था गरिएको छ । ३५ अङ्क ल्याउन नसक्ने विद्यार्थीले पहिलो वर्ष दुई विषयको मौका परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । विद्यार्थीले तीन पटकसम्म दुई विषयमा ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);