केजरीवालको गिरफ्तारीविरुद्धको प्रदर्शनमा पत्रकारमाथि प्रहरीको दुव्र्यवहार,छानबिन गर्न प्रेस क्लब अफ इन्डियाको माग | ईमाउण्टेन समाचार

Our Network

असार १० २०८१, आइतबार

केजरीवालको गिरफ्तारीविरुद्धको प्रदर्शनमा पत्रकारमाथि प्रहरीको दुव्र्यवहार,छानबिन गर्न प्रेस क्लब अफ इन्डियाको माग

काठमाडौं,१४ चैत्र । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीको विरोधमा भएको प्रदर्शनको समाचार संकलन गर्न पुगेका फोटो पत्रकारहरूसँग दिल्ली पुलिसले दुव्र्यवहार गरेको तथ्य सार्वजनिक भएको छ ।

केजरीवाल पक्राउभएपछि आम आदमी पार्टीका कार्यकर्ताले गरेको विरोध प्रदर्शनको समाचार संकलनकाक्रममा प्रहरीले पत्रकारहरूलाई दुव्र्यवहार गरेको तथ्य सार्वजनिक भएको हो । भारतीय संचार माध्यमहरुका अनुसार दिल्ली प्रहरीसँगको झडपमा हिन्दुस्तान टाइम्सका फोटो पत्रकार सलमान अलीको हात भाँचिएको छ । अलिले ठुलो मात्रामा तैनाथ प्रहरीले सञ्चारकर्मीसँग दुव्र्यहार र हातपात गरेको बताएका हुन् ।

घटनास्थलबाट खिचिएको तस्बिरमा एकजना प्रहरीले इन्डिया टुडे समूहका फोटो पत्रकार अरुण ठाकुरको घाँटी समाएको पनि देखिएको छ । विभिन्न सञ्चारमाध्यमका फोटो पत्रकारमाथि भएका घटनालाई ध्यानमा राख्दै प्रेस क्लब अफ इन्डियाले विज्ञप्ति जारी गर्दै दिल्ली प्रहरीको व्यवहारको निन्दा र भत्सर्ना गरेको छ ।

प्रेस क्लबको विज्ञप्तिमा यस विषयमा सेवानिवृत्त न्यायाधीशबाट उच्चस्तरीय छानबिनको माग गर्नुका साथै घटनाको छानबिन नहुँदासम्म आक्रमणकारी प्रहरीलाई तत्काल निलम्बन गरिनुपर्ने भनिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);