पत्रकार महासंघको विज्ञप्तिप्रति नगर उपप्रमुखको आपत्ति | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पत्रकार महासंघको विज्ञप्तिप्रति नगर उपप्रमुखको आपत्ति

बुटवल। तिलोत्तमा नगरपालिकाको नगरसभामा उत्पन्न विवादका सन्दर्भलाई लिएर नेपाल पत्रकार महासंघ रुपन्देहीले जारी गरेको प्रेस विज्ञप्तिप्रति नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले आफ्नोे गम्भीर ध्यानाकर्षण भएको जनाएकी छन् ।नगरसभामा उपस्थितिलाई लिएर विवाद उत्पन्न भएको र उक्त विवादका क्रममा राज्य टेलिभिजनमा कार्यरत पत्रकार यमलाल भुसालले नगरसभाको माइन्यूट झोलामा राखेर बाहिर निस्कन खोज्दा आफूले खानतलासी गरेको र त्यसक्रममा झोलाभित्र नगरसभाको माइन्यूट भेटिएको उल्लेख गर्दै उनले यसमा दोषीलाई कारवाही हुनुपर्ने माग गरेकी छन् । त्यसक्रममा भुसालले यो झोला पत्रकार रेखा भुसालको भएको बताएको उनले विज्ञप्तीमा उल्लेख गरेकी छन् । पत्रकार भुसाल नागरिक दैनिकमा कार्यरत छन् ।बुधबार विज्ञप्ती जारी गर्दै उपप्रमुख चौधरीले नगरसभाको माइन्यूट अनाधिकृत व्यक्तिले आफ्नो झोलामा राखेर निस्कन मिल्छ भन्ने प्रश्न गर्दै जुनसुकै नियतले भएपनि सरकारी कागजात पत्रकारले झोलामा लिएर हिंड्नु स्वतन्त्र पत्रकारिताको धज्जी उडाउनु भएको उल्लेख गरेकी छन् ।

पदीय हिसावले सरकारी कागजातको संरक्षण गर्नु आफ्नो दायित्व रहेको भन्दै उनले आफ्नो नियत कुनै पनि पत्रकारमाथि लान्छना लगाउनु र दुव्र्यवहार गर्नु नभएको र आफूले पत्रकारको झोलाबाट माइन्यूट मात्र माग गरेको स्पष्ट पारेकी छन् ।पत्रकारको झोलामा नगरसभाको माइन्युट रहेको कुरा साँ हो भन्दै उपप्रमुख चौधरीले यसै विषयलाई अतिरञ्जित गरी दूब्र्यबहार भन्दै विज्ञप्ति निकाल्नु पत्रकार महासंघजस्तो सस्थालाई सुहाउने विषय नभएको उल्लेख गरेकी छन् । “झोला खोल्दा के भेटियो ? त्यसबाट के परिणाम निस्कियो ? त्यसले के कस्ता विषयहरु पर्दाफास भए ? त्यसमा को कसको मिलेमतो देखियो भन्ने कुरा स्पष्ट छंदाछंदै पत्रकार महासंघले जारी गरेको विज्ञप्तिबाट म आश्चर्यचकित छु, यदि मैले पत्रकारलाई दुव्र्यवहार र अभद्र व्यवहार गरेको भए कारवाही भोग्न तयार छु, अन्यथा पत्रकार आचारसंहिताको उल्लंघन गर्नेहरुमाथि आबश्यक कारवाही गरियोस् भन्ने माग पत्रकार महासंघ समक्ष गर्दछु”–उनले विज्ञप्तीमा भनेकी छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);