तिलोत्तमाको मेयरमा एमालेबाट चापागाईंको उम्मेदवारी दर्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

तिलोत्तमाको मेयरमा एमालेबाट चापागाईंको उम्मेदवारी दर्ता

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एमालेका तर्फबाट मोहन चापागाईंले मेयरमा उम्मेदवारी दर्ता गराएका छन् । एमाले प्रदेश कमिटी सदस्य र पत्रकार समेत रहेका उनले आज तिलोत्तमा नगरपालिकास्थित निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

यसैगरी उपमेयरमा जगेश्वरदेवी चौधरीले उम्मेदवारी दर्ता गराएकी छन् । तिलोत्तमाका १७ वटै वडाका वडाअध्यक्ष एवं सदस्य समेत गरी ८७ जनाको उम्मेदवारी दर्ता गरिएको एमाले तिलोत्तमा नगर कमिटी अध्यक्ष तामनाथ पाण्डेले जानकारी दिए ।

उम्मेदवारी दर्ताका लागि एमालेको टोली बाजागाजा र र्यालीसहित निर्वाचन कार्यालय पुगेको थियो । त्यसअघि, नेकपा एमालेका उपमहासिचव विष्णु पौडेलले मेयर, उपमेयरलगायत सबै उम्मेदवारलाई शुभकामना दिएका थिए ।

त्यसक्रममा उनले एमालेले सात सय ५३ स्थानीय तहमध्ये ६० प्रतिशतमा विजयी हासिल गर्ने दावी गरे । तिलोत्तमा नगरपालिकामा एमालेले नेतृत्व गर्दा मुलुककै नमूना नगर बन्न सफल भएको भन्दै उनले गठबन्धन सामू एमाले एक्लै विजय हासिल गर्न सक्षम रहेको जनाए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);