हेल्प नेपाल सेमिफाइनलमा, महिलामा सेमिफाइनल समीकरण पूरा | ईमाउण्टेन समाचार

Our Network

मंसिर ११ २०८१, मंगलबार

काठमाडौं,८ चैत्र । साविकको विजेता हेल्प नेपाल स्पोटर््स क्लव बुधबार आठौं आरबिबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ सेमिफाइनलमा पुगेको छ । त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधवार बूढानीलकण्ठ भलिबल क्लवमाथि ३–० को सोझो सेटमा जित निकाल्दै हेल्प नेपाल सेमिफाइनलमा पुगेको हो ।

हेल्प नेपालले बुढानीलकण्ठलाई २५–१८, २५–१७ र २५–२३ ले हरायो । बुधवार नै च्याम्पियनसिपको महिलातर्पm सेमिफाइनल समीकरण पूरा भएको छ । अब सेमिफाइनलमा न्यु डायमण्ड स्पोर्ट्स क्लव र एभरेष्ट भलिबल क्लव तथा नेपाल पुलिस र एपिएफ क्लव भिड्नेछन् । समूह चरणको अन्तिम खेलमा बुधवार न्यु डायमण्डले मधेस प्रदेशलाई ३–० को सोझो सेटमा हराएको थियो ।

न्यु डायमण्डले मधेसमाथि २५–१०,२५–६, २५–८ को जित निकाल्यो । यो जितसँगै समूह ‘बी’ को न्यु डायमण्डले दुई खेलमा ६ अंक जोड्यो । दुवै खेलमा पराजित मधेस भने प्रतियोगिताबाट बाहिरिन पुग्यो । एपिएफ भने समूह उपविजेताका रूपमा सेमिफाइनलमा पुग्यो । एपिएफले न्युडायमन्डसँग मंगलवार हार व्यहोरेको थियो । न्यु डायमण्डले एपिएफलाई २५–१७, १७–२५ २५–१५,२५–२३ ले पराजित गरेको थियो ।

एपिएफले मधेसलाई भने २५–८, २५–७ र २५–२ ले पराजित गरेपछि सेमिफाइनलमा पुग्न सफल भयो । बुधवार नै विभागीय डर्बीमा नेपाल पुलिसले त्रिभुवन आर्मी क्लवलाई २५–८, २५–७, २५–२ ले हराउँदै समूहविजेताका रूपमा सेमिफाइनमा स्थान बनायो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);