माओवादी केन्द्रसहितको चार दलीय समाजवादी मोर्चामा एमालेलाई पनि समेटेर अघि बढ्ने | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

माओवादी केन्द्रसहितको चार दलीय समाजवादी मोर्चामा एमालेलाई पनि समेटेर अघि बढ्ने

नेकपा माओवादी केन्द्रसहितको चार दलीय समाजवादी मोर्चामा एमालेलाई पनि समेटेर अघि बढ्ने विषयमा छलफल भएको छ ।

सत्ता गठबन्धनमा एमालेको प्रवेशसँगै समाजवादी मोर्चामा समेट्न पहल भएको हो । शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले एमालेका शीर्ष नेताहरूसँग आवश्यक छलफल गरी आगामी कार्यक्रमबारे टुङ्गोमा पुग्ने निर्णय भएको बताइएको छ । अब एमालेसहितको मोर्चा बनाउन चार दलले पहल गर्ने छन् ।

त्यसका लागि प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी ओलीसँग थप छलफल गर्ने बैठक निर्णय गरेको छ ।

यसअघि स्थगित भएको अन्तरक्रिया सञ्चालन गर्ने, समाजवादी मोर्चालाई अन्य दलसँग पनि कसरी जोड्ने भन्नेबारे छलफल केन्द्रित भएको बताइएको छ । अन्तरक्रिया कार्यक्रममा एमालेलाई पनि समेट् प्रयास गर्ने बैठकले निर्णय गरेको छ ।

यविषयमा एमालेसँग प्रधानमन्त्री र माधव नेपालले कुराकानी गर्ने भनिएको छ ।

यसअघि बसेको मोर्चाको बैठकले चैत तीन गते काठमाडौँमा अन्तरक्रिया गर्ने निर्णय गरेपनि सत्ता समीकरण बदलिएपछि स्थगित भएको छ ।

बिहीबार मात्रै एमालेलाई मोर्चामा ल्याउने विषयमा संयोजक विप्लवले अध्यक्ष ओलीसँग २ घण्टा लामो कुराकानी गरेपछि आज बैठक बसेको हो । ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);