अस्ट्रेलियाले अफगानीस्तानविरुद्ध ३ वटा खेलको क्रिकेट श्रृंखला स्थगित गर्ने घोषणा | ईमाउण्टेन समाचार

Our Network

माघ २९ २०८२, बिहीबार

अस्ट्रेलियाले अफगानीस्तानविरुद्ध ३ वटा खेलको क्रिकेट श्रृंखला स्थगित गर्ने घोषणा

काठमाडौं,७ चैत्र । अस्ट्रेलियाले अफगानीस्तानविरुद्ध ३ वटा खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला स्थगित गर्ने घोषणा गरेको छ । अफगानिस्तानमा महिला र बालिकाको अवस्था बिग्रँदो अवस्थामा रहेको भन्दै अस्ट्रेलियाले टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला स्थगित गर्ने घोषणा गरेको हो अफगानिस्तानमा महिला र बालिकाको अधिकार हनन भइरहेको भन्दै शृङ्खला स्थगित गर्ने निर्णय गरेको क्रिकेट अस्ट्रेलियाले जनाएको छ ।

सरकारसँगको छलफलपछि यस्तो निर्णय लिएको क्रिकेट अस्ट्रेलियाले सामाजिक सञ्जाल एक्समा लेखेको छ ।

अस्ट्रेलिया र अफगानिस्तानबीचको ३ वटा खेलको टी–२० क्रिकेट शृङ्खला आउँदो अगस्टमा यूएईमा हुने तालिका छ । सन् २०२१ को अगस्टमा सत्ता कब्जा गरेदेखि नै तालिबान नेतृत्वले अफगान महिला र बालिकाको शिक्षा तथा रोजगारसम्मको पहुँचमा प्रतिबन्ध लगाउने कडा आदेश जारी गर्दै आएको छ ।

Leave a Reply