चीनद्वारा अस्ट्रेलियासँगको आर्थिक संवाद स्थगित गरेको घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

चीनद्वारा अस्ट्रेलियासँगको आर्थिक संवाद स्थगित गरेको घोषणा

एजेन्सी । चीनले अस्ट्रेलियासँगको आर्थिक संवाद तत्कालका लागि स्थगित गरेको छ । कोरोनाभाइरस उत्पत्तिको बारेमा अस्ट्रेलियाले चीनमाथि छानबिन गर्नुपर्ने माग गरेपछि आक्रोशीत भएको चीनले अस्ट्रेलियासंगको आर्थिक संवाद लागि स्थगित गरिएको बिहीबार घोषणा गरेको हो ।

चीनले अस्ट्रेलीया विरुद्ध दबाबमूलक नीति अपनाइरहेको समयमा बिहीबार उस्तो घोषणा गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । चीनको राष्ट्रिय विकास तथा सुधार आयोगले जारी गरेको विज्ञप्तिमा चीन–अस्ट्रेलिया रणनीतिक आर्थिक संवाद अन्तर्गत सबै कृयाकलापहरू अनिश्चितकालका लागि स्थगित गरिएको उल्लेख छ ।

कोरोना भाइरस उत्पत्तिको बारेमा अस्ट्रेलियाले चीनमाथि छानबिन गर्नुपर्ने भनेपछि दुइ मुलकबीच तनाव उत्पन्न भइरहेको छ । अस्ट्रेलियाको प्रमुख बजार रहेको चीनले अस्ट्रेलियाली सामानको आयातमा एकपछि अर्को प्रतिबन्ध पनि लगाइरहेको छ ।

बिहीबारको नयाँ घोषणाले दुबै मुलुकबीचको कुटनीतिक सम्बन्धमा थप चिसोपन ल्याउने विश्लेषण गरिएको छ । चीनले अस्ट्रेलियाली कोइला, गहुँ र अन्य सामाको आयात रोक्का गरेपछि दुबै देशबीचको सम्बन्ध निकै तल्लो स्तरमा पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);