काठमाडौं,६ चैत्र । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई निलम्बन गर्ने कि नगर्ने भन्ने विषयमा माओवादी अनिर्णित भएको छ ।
मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठक महरालाई निलम्बन गर्ने कि नगर्ने भन्ने विषयमा माओवादी अनिर्णित भएको होृ । यस विषयमा गहन छलफल भएपनि कुनै निर्णय बिना बैठक सकिएको हो ।
बैठकपछि माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले छिट्टै अर्को बैठक बसेर निर्णयमा पुग्ने जानकारी दिनु भयो ।
सोमबार कपिलवस्तुबाट पक्राउ परेका महरालाई भैरहवा विमानस्थल हुँदै काठमाडौं ल्याइएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबीलाई अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले चार दिनको म्याद दिएको छ ।उपाध्यक्ष महरा अहिले स्वास्थ्य उपचारका लागि नर्भिक अस्पतालको आकस्मिक कक्षमा हुनुहुन्छ । अदालतले अस्पतालमा खाख्न आदेश दिएर ४ दिने हिसासतको म्याद दिएको हो ।