जोर्डन, जर्मनीद्वारा रफाहमा इजरायली आक्रमणबिरुद्ध चेतावनी | ईमाउण्टेन समाचार

Our Network

भदौ १४ २०८१, शुक्रबार

जोर्डन, जर्मनीद्वारा रफाहमा इजरायली आक्रमणबिरुद्ध चेतावनी

एजेन्सी,५ चैत्र । जोर्डनका राजा अब्दुल्लाह द्वितीय र भ्रमणमा रहेका जर्मन चान्सलर ओलाफ स्कोल्जले आईतवार गाजाको रफाहमा इजरायली आक्रमणको जोखिम बिरुद्ध सचेत रहन आग्रह गर्नुभएको छ ।

जोर्डनको बन्दरगाह शहर अकाबामा भएको बैठकमा राजाले गाजामा तत्काल युद्धविरामको आवश्यकतामा जोड दिनुभयो ।

नागरिकहरूको रक्षा गर्न र सो क्षेत्रका मानिसहरूलाई मानवीय सहायता पु¥याउनको लागि बढ्दो प्रयासहरूको लागि आह्वान समेत गर्नुभयो ।

राजाले वेस्ट बैंक र गाजामा प्यालेस्टिनीहरूको कुनैपनि जबरजस्ती विस्थापन र उनीहरूलाई विभाजन गर्ने कुनैपनि प्रयासको बिरूद्धमा जोर्डन रहेको बताउनु भयो । दुई नेताले रफाहमा इजरायली आक्रमणको खतराबारे चेतावनी दिनुभयो । युद्धले गाजामा मानवीय संकटलाई बढावा दिने बताउनु भयो ।

बैठकले दुई राज्य समाधानमा आधारित निष्पक्ष र समावेशी शान्ति प्राप्त गर्न राजनीतिक रूपरेखा स्थापना गर्न प्रभावकारी कदम चाल्न आग्रह गर्दै यस क्षेत्रको शान्तिलाई सहज बनाउन युरोपेली संघको भुमिकालाई पनि जोड दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);