रवि लामिछानेज्यु सहकारी ठगिको आरोपलाई दुधको दुध, पानीको पानी गर्न सक्नुहुन्छ ? | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८१, मंगलबार

रवि लामिछानेज्यु सहकारी ठगिको आरोपलाई दुधको दुध, पानीको पानी गर्न सक्नुहुन्छ ?

काठमाडौं,२ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले नवनियुक्त गृहमन्त्रीलाई सहकारी ठगिको आरोप लागेको भन्दै सो आरोपलाई दुधको दुध, पानीको पानी गर्न चुनौति दिनुभएको छ । बिहीवार पार्टीले काठमाडौंमा आयोजना गरेको वृहत जनप्रदर्शनपछि सम्बोधन गर्दै अध्यक्ष थापाले गृहमन्त्री रवि लामिछानेलाई आफुमाथि लागेको आरोपबारे स्पष्ट पार्न आग्रह गर्नुभएको हो । उहाँले सहकारी ठगिको आरोपलाई पारदर्शी र जनतालाई चित्त बुझ्नेगरी दुधको दुध, पानीको पानी पार्न चुनौति दिनुभएको हो । उहाँले नयाँ गृहमन्त्रीले जनतालाई कसरी सुशासनको प्रत्याभुति दिनेछन् भनेर आफूहरुले हेरिराखेको बताउनु भयो । उहाँले पूर्वउपराष्ट्रपति, पूर्वसभामुख र पूर्वमन्त्रीका छोराहरु सुन तस्करी लगायतका भ्रष्टाचारका काण्डमा संलग्न रहेको भन्दै उनीहरुलाई कारबाही गर्न सक्नुहुन्छ ? भनि प्रश्न समेत गर्नुभयो । उहाँले ललिता निवास जग्गा प्रकरणमा मुछिएका दुई पूर्वप्रधानमन्त्रीलाई कानूनको कठघरामा उभ्याउन सक्नुहुन्छ भनेर पनि प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘अहिले प्रमुख राजनीतिक दलका प्रमुख नेताहरु भ्रष्टाचारमा चुर्लुम्म डुबेका छन् । चाहे ललिता निवास जग्गा काण्ड भन्नुहोस् । चाहे सुन तस्करीको काण्ड भन्नुहोस् । चाहे नक्कली भूटानी शरणार्थी काण्ड भन्नुहोस् । चाहे गिरिबन्धु टि स्टेटको जग्गा काण्ड भन्नुहोस् । वा सहकारी ठगि काण्ड भन्नुहोस् । प्रमुख राजनीतिक दलका प्रमुख नेताहरु संलग्न भएका छन् । उपराष्ट्रपति, सभामुख, मन्त्रीका छोराहरु स्वयं सुन तस्करी लगायत भ्रष्टाचारका काण्डमा संलग्न भएका छन् । भर्खरै नयाँ गृहमन्त्री आउनुभएको छ । उहाँबाट जनताले धेरै ठुलो आशा र विश्वास राखेका छन् । म यही मञ्चबाट नयाँ गृहमन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई आग्रह गर्न चाहन्छु, के तपाई ललिता निवास जग्गा काण्डमा मुछिएका दुईवटा प्रधानमन्त्रीलाई कानुनको कठघरामा उभ्याउन सक्नुहुन्छ ? के तपाई सुन तस्करीमा मुछिएका पूर्वउपराष्ट्रपति, पूर्वसभामुख र पूर्वमन्त्रीका छोराहरुलाई जेलमा राखेर कारबाही गर्न सक्नुहुन्छ ? म स्वयं गृहमन्त्रीलाई भन्न चाहान्छु, नक्कली भूटानी शरणार्थी काण्डमा केही व्यक्तिहरु पक्राउ परे तर ठुला नेता र ठुला नेताको परिवारलाई जोगाउने काम भएको छ, के तपाई तिनीहरुलाई कानुनको कठघरामा उभ्याउन सक्नुहुन्छ ? यति मात्र होइन, म गृहमन्त्रीलाई भन्न चाहन्छु, तपाई माथि पनि सहकारी ठगिको आरोप लागेको छ, के तपाई त्यसलाई पारदर्शी ढंगबाट, जनतालाई चित्त बुझ्नेगरी दुधको दुध, पानीको पानी गर्न सक्नुहुन्छ ? हामी हेरिराखेका छौँ नयाँ गृहमन्त्रीले जनतालाई कसरी सुशासनको प्रत्याभुति दिनु हुनेछ ?’

उहाँले नेपालमा धर्म निरपेक्षता र संघीय गणतन्त्र असफल भएको बताउनु भयो । उहाँले सरकार र पार्टीहरुको अर्कमण्यताको कारण युवाहरु विदेशीन बाध्य हुनुपरेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);