काँग्रेस भित्रको आन्तरिक एकताको कारक बन्न पाएकोमा खुशी छुः प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

काँग्रेस भित्रको आन्तरिक एकताको कारक बन्न पाएकोमा खुशी छुः प्रचण्ड

काठमाडौं,३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो एक वर्षमा काँग्रेस भित्रका विचार समूहहरुको द्वन्द्वले सरकार र गठबन्धनमा पारेको प्रभावबाट आफू आजित भएको बताउनुभएको छ । बुधवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो ।

उहाँले पछिल्लो एक वर्षमा काँग्रेस भित्रका विचार समूहहरुको द्वन्द्वले सरकार र गठबन्धनमा पारेको प्रभावले आफू आजित भएकाले गठबन्धन फेर्नुपरेको बताउनु भयो । उहाँले गठबन्धनमा गरेको परिवर्तन वा समीकरणमा गरिएको परिवर्तनसँगै काँग्रेस भित्रको आन्तरिक एकताको कारक बन्न पाएकोमा आफू सन्तुष्ट रहेको बताउनु भयो । उहाँले नेपाली काँग्रेसभित्रको कचिङ्गल सफा भए पनि आफू खुशी हुने बताउनु भयो । उहाँले नेपाली काँग्रेसको समर्थनमा आफू एक पटक मात्रै प्रधानमन्त्री भएको र काँग्रेस नेकपा –माओवादी केन्द्र) को समर्थनमा काँग्रेसबाट दुई पटक प्रधानमन्त्री बनेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पछिल्लो एक वर्षमा काँग्रेस भित्रका विचार समूहहरुको द्वन्द्वले सरकार र गठबन्धनमा पारेको प्रभावले म आजित भएको थिएँ । तर आज मैले गठबन्धनमा गरेको परिवर्तन वा समीकरणमा गरिएको परिवर्तनसँगै काँग्रेस भित्रको आन्तरिक एकताको कारक बन्न पाएकोमा म खुशी छु । काँग्रेसभित्र पनि राम्रो एकता हुँदैछ । म नेपाली काँग्रेसका नेता साथीहरुलाई र सबैलाई विशेष रुपमा भन्न चाहन्छु की यो एकता प्रचण्डाका कारणले भएको छ । यसलाई राम्रोसँग टकाउनु होला । यसलाई शान्तिमा बदल्नुहोला । म खुशी नै छु । देशको लोकतन्त्रलाई बलियो बनाउन सुदृढ गर्न सहयोग पुग्छ । नेपाली काँग्रेसभित्रको कचिङ्गल सफा भयो भने म खुशी नै हुन्छु । म नेपाली काँग्रेसको समर्थनमा एक पटक प्रधानमन्त्री भएको छु तर माओवादी केन्द्रको समर्थनमा नेपाली काँग्रेसका सभापति दुई पटक प्रधानमन्त्री बनेको नबिर्सिनुहोला ।’

प्रधानमन्त्री दाहालले आफूलाई आरोप लगाउन सहज नरहेको जिकिर गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);