रन्जितालाई सम्झाउन नसक्नु मेरो विवसता हो,हार होईनः रेशम चौधरी | ईमाउण्टेन समाचार

Our Network

फागुन ३० २०८०, बुधवार

रन्जितालाई सम्झाउन नसक्नु मेरो विवसता हो,हार होईनः रेशम चौधरी

काठमाडौं,३० फागुन । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले श्रीमतीसँगको विवाद फेसबुकमार्फत स्पष्ट पारेका छन् । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने वा नदिनेबारे नाउपाभित्र विवाद चुलिएको छ ।

रेशमले नाउपाकी अध्यक्ष वा आफ्नी श्रीमती रन्जिता श्रेष्ठलाई सम्झाउन कै लागि कैलाली देखि आएको भएपनि सम्झाउन नसकेको उल्लेख गरेका छन् । उनले लेखेका छन्,“रह्यो बुढाबुढिको । म उनलाई सम्झाउन कैलाली बाट काठमाडौं आएकै हुँ । दुई घन्टा वार्ता गरेकै हुँ,उनी टस कि मस भैइनन् । उनको भनाइ छ – प्रचण्डले हाम्रो राजबन्दि रिहाइ गरे,हामीले उनको साथ छोड्नुहुन्न ।”

रेशमले जनतासामु क्षमा माग्दै लेखेका छन्,“क्षमा चाहन्छुँ तर पहिचानको आन्दोलनको सिपाही हुँ । कहिल्यै हार मान्नेवाला छैन । म अब आफ्नो घरपरिवारको भन्दा जनताको मान्छे हुँ ।” उनले निराशा हुँदै लेखेका छन्,“रन्जितालाई सम्झाउन नसक्नु मेरो विवसता हो,हार होईन ।”

उनले गठबन्धनलाई साथ दिनु भनेको साना पार्टीहरु डुुबाउने बताएका छन् । सोही कारण कसैलाई पनि भोट नहाल्नु पर्ने उनको तर्क छ । आफ्नो तर्क रन्जिताले नमानेको पनि उनले स्पष्ट पारेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);